जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब ऊसँग सम्बन्धित वस्तुहरू सम्हालेर राख्छौं । तर यस्तो गर्नुलाई पुराणले सही मानेको छैन । भनिन्छ, यदि कुनै व्यक्तिको मृत्यु हुन्छ भने उसको सबै सामान र कपडाहरू दान दिनुपर्छ । मृत व्यक्तिको कपडा दान गर्नुको पछाडि धार्मिक र वैज्ञानिक कारण छ ।

धार्मिक तर्कः गरुड पुराण अनुसार मानिस जिउँदो रहँदा आफ्नो वस्तु र कपडाप्रति उसको लगाव रहन्छ, त्यसैगरी मृत्युपछि पनि उसको लगाव कपडा र वस्तुप्रति रहन्छ । यदि हामीले उसको कपडा प्रयोग गर्छौं भने जीवात्मा त्यसतर्फ आकर्षित हुन्छ । गरुड पुराण अनुसार मृतक व्यक्तिको आत्माको शान्ति र मोक्षको लागि उसका सबै सामान विशेषगरी कपडा दान दिनुपर्छ ।

वैज्ञानिक कारणः विज्ञान अनुसार कुनै पनि मृत व्यक्तिको कपडा प्रयोग गर्नु मानसिक स्वास्थ्यको लागि सही होइन । यदि हामी कुनै मृत व्यक्तिको कपडालाई लगाउँछौं भने उसको सम्झनाले घेरिएर रहन्छौं र व्यक्ति मानसिक र शारीरिकरूपमा रोगी हुन सक्छ । मृतकको बारेमा बढी सोच्नु, सम्झना गर्नु मानसिक अवस्थाको लागि राम्रो होइन, तसर्थ मृतकको कपडा प्रयोग गर्नुहुँदैन ।

अर्को तर्कः मृतकको कपडा प्रयोग नगर्नुको पछाडि एउटा तर्क अर्को पनि छ । वैज्ञानिक अनुसार जब कुनै व्यक्तिको मृत्यु हुन्छ भने त्यसभन्दा पहिले उसको प्रतिरक्षा प्रणाली निकै कमजोर हुन्छ । रोगको कारण उसको शरीरमा अनगिन्ती ब्याक्टेरिया र भाइरसले घर बनाइसकेको हुन्छ, जुन हामीलाई देखिंदैन । जब व्यक्तिको मृत्यु हुन्छ, त्यसपछि पनि ब्याक्टेरिया कपडा र अन्य वस्तुमा रहिरहन्छ र प्रयोग गर्ने व्यक्ति रोगी हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here