परिवार व्यवस्था र मूल्य बनाइराख्ने देशहरूमध्ये भारत सबैभन्दा शीर्ष स्थानमा छ । भारतमा तलाकको मामिला एक प्रतिशत मात्र छ, जबकि थुप्रै यस्ता देश छन् जहाँ ९४ प्रतिशतसम्म सम्बन्ध टुटेको छ । वल्र्ड अफ स्टैटिस्टिक्सको तथ्याङ्क अनुसार एशियाली देशहरूमा सम्बन्धविच्छेदको घटना कम छ, जबकि युरोप र अमेरिकामा परिवार सबैभन्दा बढी छरिएका छन् ।
रिपोर्ट अनुसार भारतपछि भियतनाम दोस्रो नम्बरमा पर्छ । यहाँ सात प्रतिशत मात्र तलाक हुने गर्छ । त्यसपछि ताजिकिस्तानमा १० प्रतिशत, इरानमा १४ प्रतिशत र मेक्सिकोमा १७ प्रतिशत सम्बन्ध विच्छेद हुन्छ ।
सबैभन्दा कम सम्बन्ध विच्छेद हुने देशहरूमा मिश्र, दक्षिण अफ्रिका, ब्रजील, टर्की र कोलम्बिया पनि सामेल छन् । रिपोर्टमा पाकिस्तानलाई सामेल गरिएको छैन । जापानमा ३५ प्रतिशत सम्बन्धविच्छेद हुने गरेको छ । यसको अलावा जर्मनीमा ३८ प्रतिशत र ब्रिटेनमा ४१ प्रतिशत सम्बन्धविच्छेदको घटना हुने गरेको छ । त्यस्तै चीनमा ४४ प्रतिशत, अमेरिकामा ४५ प्रतिशत, डेनमार्क, दक्षिण कोरिया र इटालीमा ४६ प्रतिशत सम्बन्धविच्छेदको घटना हुने गरेको छ ।
सम्बन्ध बनाइराख्न सबैभन्दा पछि युरोप पर्ने गरेको छ । पोर्चुगलमा ९४ प्रतिशतसम्म तलाक हुने गरेको छ । यसको अलावा स्पेनमा ८५ प्रतिशत, लग्जमबर्गमा ७९ प्रतिशत सम्बन्ध विच्छेद हुने गरेको छ । रूसमा ७३ प्रतिशत तलाक हुन्छ भने युक्रेनमा ७० प्रतिशत वैवाहिक सम्बन्धमा चिरा पर्ने गरेको छ ।
समाज वैज्ञानिकका अनुसार भारतमा सम्बन्ध धेरै समयसम्म टिक्नुको कारण सांस्कृतिक पाटो हो, जसमा परिवार व्यवस्था बनाइराख्न जोड दिइन्छ । साथै भारतमा ठूलो सङ्ख्यामा तलाकको मामिला कानूनी प्रक्रियामा आउने गरेको छैन र पति–पत्नी भिन्दाभिन्दै बस्ने गरेका छन् । जसको कारण तथ्याङ्क प्रकाशमा आउँदैन । यद्यपि अन्य देशको तुलनामा भारतमा तलाकको मुद्दा निकै कम छ ।