एक रिपोर्टका अनुसार सन् २०२३ मा सबैभन्दा धेरै करोडपतिका साथ एकपटक फेरि न्यूयोर्क शहरले विश्वकै धनी शहरको ताज जितेको छ ।

ग्लोबल वेल्थ ट्र्याकर हेनले एन्ड पार्टनर्सका अनुसार शहरमा तीन लाख ४० हजार करोडपति रहन्छन् ।

न्यूयोर्कपछि सबैभन्दा धनी शहरको सूचीमा क्रमशः २९०,३०० र २५,००० बासिन्दा करोडपति आबादीका साथ  टोकियो र सान फ्रान्सिस्को खाडी क्षेत्र छन् । विश्वका सबैभन्दा धनी शहरहरूको प्रतिवेदन २०२३ ले विश्वका नौ क्षेत्र (अफ्रिका, अस्ट्रेलिया, सिआइएस, पूर्वी एशिया, युरोप, मध्यपूर्व, उत्तर अमेरिका, दक्षिण एशिया र दक्षिणपूर्व एशिया)बाट ९७ शहरलाई सामेल गरेको छ ।

अमेरिकाले आफ्ना चार शहर न्यूयोर्क, द बे एरिया, लस एन्जल्स र शिकागोको साथ सूचीमा वर्चस्व कायम राखेको छ । सूचीमा दुईवटा चिनियाँ शहर (बेइजिङ र साङ्घाई) पनि छन् । २५८,००० रेजिडेन्ट हाई–नेट–वर्थ इन्डिभिजुअल्स (HNWI)का साथ लन्डन यस वर्षको सूचीमा चौथो स्थानमा आएको छ । यसपछि सिङ्गापुर दुई लाख ४० हजार एक सयसहित पाँचौं स्थानमा छ ।

सन् २०२० मा लन्डन करोडपतिहरूको लागि विश्वका शीर्ष शहरमा थियो । तर पछिल्ला २० वर्षमा लन्डन यो सूचीबाट तल झरेको छ । न्यूयोर्क शहरलाई बिग एप्पलको नामबाट पनि जानिन्छ । ३,४०,००० करोडपति र ५८ जना अरबपतिको न्यूयोर्क घर हो । यो शहर विश्वका दुई ठूला स्टक एक्सचेन्ज (NYSE र Nasdaq) भएको शहर पनि हो ।

यो शहरमा ब्रोन्क्स, ब्रुकलिन, म्यानहटन, क्वीन्स र स्टेटन आइल्यान्डका पाँचवटा नगर समावेश छन्, र विश्वका सबैभन्दा विशिष्ट आवासीय सडकहरू यहाँ छन्, जसमा म्यानहटनको छतज एभिन्यू सामेल छ, जहाँ प्राइम अपार्टमेन्टको मूल्य प्रतिवर्गमिटर २७ हजार अमेरिकी डलरभन्दा बढी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here