कुनै कारणले तपाईंले प्रेषकको भ्वाइस नोट सुन्न सक्नुभएन भने अब अब यो भ्वाइस नोटलाई टेक्स्टमा पनि पढ्न सकिन्छ ।
ह्वाट्सएप भ्वाइस नोट्सलाई ट्रान्सक्राइब गरिरहेको छ । यस फिचरलाई सबैभन्दा पहिले आइफोन प्रयोगकर्ताको लागि पेश गरिने छ । यदि यो फिचरले प्रयोगकर्ताको भाषा बुझ्न सक्दैन भने भाषा बदलिन एलर्ट गर्छ ।
संसारभरि ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्बभन्दा बढी छन् । यो एप यति लोकप्रिय छ कि आजभोलि अधिकांश मानिस यसैको प्रयोग गर्छन् । कम्पनी प्रयोगकर्तालाई ध्यानमा राखेर नयाँ फिचरमा काम गरिरहेको छ । चाँडै ह्वाट्सएप स्टेटसमा भ्वाइस नोट, टेक्स्ट फन्ट चेन्ज आदि फिचर देख्न पाइने छ ।