प्रस, वीरगंज, ३ पुस/

वीरगंज महानगरपालिकाले नगरका विभिन्न स्थानका फूटपाथ र नालामाथि राखिएका निर्माण सामग्री हटाउने कार्यलाई निरन्तरता दिएको छ ।

हिजो शनिवार वडा नं ४ बिर्तादेखि शुरू भएको यो अभियान हिजो र आज वडा नं १५ को इनर बाइपासमा चलाइएको थियो । इनर बाइपासको ४० फिटे बाटोेको अतिक्रमण हटाएको वीरगंज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली समितिका संयोजक प्रकाश खेतानले बताए । उनले सडकछेउ, फूटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिंड्ने र सवारी दुर्घटना हुन सक्ने देखिएकाले महानगरले अतिक्रमण हटाउने अभियान शुरू गरेको बताए । उनले हिजो र आज गरी दुई दिन लगाएर ४० फिटे बाटोको अतिक्रमण हटाएको बताए ।

केही व्यक्तिले फूटपाथ र नाला अतिक्रमण गरी बनाएका संरचना एक्साभेटरको प्रयोग गरी अतिक्रमित क्षेत्र खाली गराइएको थियो । अभियानमा वीरगंज महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दीन मियाँ, नगरप्रहरी इन्चार्ज हरि भुसाल नेतृत्वको टीम र बसपार्क प्रहरी चौकीका जवानहरूको सहभागिता थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here