प्रस, रौतहट, ७ मङ्सिर/

रौतहट जिल्लामा प्रतिनिधिसभा सदस्यका चार र प्रदेशसभाका सातवटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ । जारी मतगणनामा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार माधवकुमार नेपालले २१ हजार ९०० मत ल्याएर अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजयकुमार गुप्ताले १३ हजार ८८७ मत ल्याएका छन् ।

यसैगरी, रौतहट क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार किरण साहले १२ हजार ७९० मत ल्याएर अगाडि छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा फिर्दोश आलम ११ हजार १५४ मतले पछ्याइरहेका छन् ।

त्यस्तै, क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साहले १२ हजार ७५१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले १० हजार ६४१ मत ल्याइ पछ्याएका छन् ।

यसैगरी, क्षेत्र नं ४ मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका देवीप्रसाद तिमिल्सिनाले १८ हजार ७३ मत ल्याएर अग्रता कायमै राखेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी उद्धव रेग्मीले १५ हजार ५०४ मत ल्याइ पछ्याइरहेका छन् ।

यसैगरी, प्रदेशसभा सदस्यमा क्षेत्र नं १ (१)मा नेपाली काङ्ग्रेसका नागेन्द्र साहले आठ हजार ७३ मत ल्याएर अगाडि छन भने राजकिशोर यादवले सात हजार ५८९ मतले पछ्याइरहेका छन् ।

यस्तै, क्षेत्र नं १ (२)मा नेपाली काङ्ग्रेसका कृष्णप्रसाद यादव नौ हजार ५४३ मतसहित अगाडि छन् भने उनलाई एमालेका राजेश चौधरीले आठ हजार २३७ मतले पछ्याइरहेका छन् ।

क्षेत्र नं २ (१)मा एमालेका मोहम्मद जैद आलम छ हजार ९८१ मतले अगाडि छन् भने उनलाई स्वतन्त्र उम्मेदवार नागेन्द्र सिन्हाले चार हजार ६३१ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नं २ (२)मा नेकपा (एकीकृत समाजवादी)का कनिश पटेल छ हजार ५०२ मतसहित अगाडि छन् भने जसपाका रामकिशोर यादव छ हजार १३९ मतसहित पछाडि परेका छन् ।

यसैगरी, ३ (१)मा स्वतन्त्र उम्मेदवार केशव राय सात हजार ९२९ मतसहित अगाडि छन् भने उनलाई जसपाकी पूजा चौधरीले छ हजार ९२१ मतसहित पछ्याइरहेकी छन् ।

क्षेत्र नं ३ (२)मा स्वतन्त्र उम्मेदवार नेपाली काङ्ग्रेसका सुनील यादव नौ हजार ५१  मतसहित अगाडि छन् भने स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहा पाँच हजार ९८४ मतसहित पछाडि परेका छन् ।

क्षेत्र नं ४ (१)मा  नेकपा माओवादीका उम्मेदवार युवराज भट्टराईले १५ हजार ३६८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अखिलेश्वर चौधरीले दश हजार २८१ मत ल्याए थिए ।

यसैगरी, रौतहट क्षेत्र नं ४ (२)मा प्रदेशसभामा जसपाका अब्दुलकलाम आजादले पाँच हजार ७०७ मत ल्याएर अगाडि छन् भने सञ्जय साह तीन हजार ४४२ मत ल्याएर पछ्याइरहेका छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here