प्रस, वीरगंज, ७ मङ्सिर/

बारा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमालेका अच्युतप्रसाद मैनालीले २३ हजार १११ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई नेपाली काङ्ग्रेसका उमाकान्त चौधरीले १८ हजार ४० मतले पछ्याइरहेका छन् ।

यसैगरी, क्षेत्र नं २ मा जसपाका रामसहाय यादवले छ हजार ६६८ मत ल्याएर अगाडि छन् भने उनलाई स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव छ हजार ६७८ मतले पछ्याइरहेका छन् ।

बारा क्षेत्र नं ३ मा एमालेकी ज्वालाकुमारी साह ११ हजार ६४५ मत ल्याएर अग्रस्थानमा छिन् । उनलाई जसपाका रामबाबूकुमार यादवले दश हजार १८० मतले पछ्याइरहेका छन् ।

बारा क्षेत्र नं ४ मा सत्तारूढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णकुमार श्रेष्ठले २० हजार २९७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबाल मियाँले १३ हजार ८६३ मत ल्याएर पराजित भए ।

प्रदेशसभातर्फ बारा क्षेत्र नं १ (१) मा त्रिलोकी चौधरीले  चार हजार ९५४ मत ल्याएका छन् भने उनलाई नेकाका रमेश दङ्गालले चार हजार ४७४ मतसहित पछ्याइरहेका छन् ।

बारा १ (२)मा जसपाका सरोज यादव तीन हजार २२० मतसहित अगाडि छन् भने उनलाई नेकाका नागेन्द्र कानूले दुई हजार ४८० मतले पछ्याइरहेका छन् ।

२ (१)मा एमालेका बलवीरप्रसाद चौधरीले चार हजार ६३८ मत ल्याएका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार शारदाशङ्कर कलवारले तीन हजार ४४४ मतले पछ्याइरहेका छन् ।

बारा २ (२)मा जसपाका बच्चा अहिर छ हजार ३७८ मतले अगाडि छन् भने उनलाई नेकाका रामअयोध्याप्रसाद यादवले पाँच हजार ४९३ मतले पछ्याइरहेका छन् ।

बारा ३ (१)मा एमालेका रवीन्द्रदास श्रेष्ठ सात हजार ६२५ मतले अगाडि छन् भने उनलाई माओवादीका मुकेश साहले सात हजार ७१ मतले पछ्याइरहेका छन् । क्षेत्र नं ३ (२)मा मतगणना हुन सकेको छैन । हिजो दिउँसोदेखि १ (२) र ३ (२)को मतगणना शुरू गरिएको भनिए पनि ३ (२)मा मतगणना आज शुरू भएको छ तर मतसङ्ख्या सार्वजनिक गरिएको छैन ।

४ (१)मा एमालेका देवनारायण थारूले १३ हजार २१३ मत ल्याएर जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका क्ष्Fेत्रबहादुर श्रेष्ठले नौ हजार ४५६ मत पाएका छन् ।

४ (२)मा लोसपाका जीतेन्द्रप्रसाद सोनार १३ हजार ५९६ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका आत्मराम साहले आठ हजार २६९ मत ल्याएर हार बेहोरेका छन ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here