अङ्कारा, ७ मङ्सिर/सिन्ह्वा

टर्कीको उत्तरपश्चिमी प्रान्त डुज्सेमा बुधवार बिहान गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले जानकारी दिएका छन् ।

भूकम्प स्थानीय समय अनुसार बुधवार बिहान ४ः०८ बजे गएको र यसको केन्द्रबिन्दु गोल्याका जिल्लामा रहेको टर्कीको विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । भूकम्पको धक्का टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल र आसपासका क्षेत्रमा महसूस गरिएको थियो ।

बिजुली अवरुद्ध भएको गोल्याकामा व्यापक आतङ्क मच्चिएको एनटिभीले जनाएको छ ।

डुज्से प्रान्तमा सन् १९९९ मा गएको ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा करीब आठ सयजनाको ज्यान गएको थियो । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here