कुनै पनि राजनीतिक पार्टी भनेको शासन पद्धतिको एउटा प्रक्रियालाई मान्यता दिएर त्यस अनुरूप चल्ने संस्था हो । संस्था भनेपछि यसलाई सङ्गठन चाहिन्छ । सङ्गठनको आवश्यक तŒवमा यसका सदस्यहरूको क्रमिक विकास, जनताको हित र देशको अखण्डताप्रति विश्वास हो । यसका लागि पार्टीहरूले देशका सबै नागरिकको सबै तबकाबाट आफ्ना लागि कार्यकर्ता छनोट गर्दछन् र तिनलाई पार्टीको सिद्धान्त अनुरूप परिष्कार गर्दछन् । राजनीति भनेको जनताको सेवा गर्दै, लोकप्रियता हासिल गर्दै सत्तासम्म पुग्नु हो । राजनीतिको अन्तिम लक्ष्य नै सत्ता हो । किनकि सत्ताविना कुनै पनि राजनीतिक पार्टीले न आफ्नो सैद्धान्तिक वर्चस्व साबित गर्न सक्छ, न देश र जनहितका लागि कुनै काम गर्न सक्छ । यसर्थ राजनीतिमा लाग्ने जोसुकै होस्, उसले सत्ता प्राप्त गर्न चाहन्छ । लोकतन्त्रमा सत्ता प्राप्त गर्नका लागि जनता रिझिनुपर्छ । कोसँग जनता कति रिझिएको छ भन्ने थाहा पाउन निर्वाचन आवश्यक तŒव हो । निर्वाचनमा खारिन एउटा कार्यकर्ताले पार्टी अवस्थादेखि नै चुनाव लड्नुपर्दछ । भनिन्छ, जो आफूबीच लोकप्रिय छैन, ऊ कदापि जनप्रिय बन्न सक्दैन, अरूका लागि ग्राह्य बन्न सक्दैन ।

यसपालिको निर्वाचनमा भने एउटा कार्यकर्ताले आफ्नो सिद्धान्त अनुकूल काम गरेर, पार्टीविशेषका लागि जीवन समर्पित गरेर पनि आफूलाई योग्य देखाउने अवसरबाट वञ्चित हुनुप¥यो । साना पार्टीमा यस्तो हुनु स्वाभाविक मान्न सकिन्छ, तर ठूला र लामो इतिहास बोकेका पार्टीमा यस्तो हुनुमा नेतृत्व तहको निकृष्टतम सोच हो । यसको कारण हो–उम्मेदवारको छनोट, अन्तपार्टी गठबन्धन अन्तर्गत हुनु । यस प्रक्रियाबाट तत्कालका लागि केही स्वार्थी पार्टीनेताहरू जिते पनि, कुनै पार्टीको जीत देखिए पनि, सारमा सबै पार्टीहरूको पराजय हुन्छ । कारण, जब कुनै कार्यकर्ताले आफ्नो समय, परिश्रम र लगनशीलताको बदला अरू दलको चुनाव चिह्नमा भोट दिनुपर्ने बाध्यता भोग्दछ भने उसले किन कुनै दलप्रति निष्ठा देखाएर भुक्तमान सहने ? ऐन चुनावका बेला कुनै तिकडमको बलमा किन कुनै दलको उम्मेदवार नबन्ने ? चुनावी गठबन्धनले यस्तै सङ्केत गरिरहेको छ । यसले पार्टी व्यवस्थामा हानि पु¥याउँछ । पार्टीप्रति आस्थामा खडेरी ल्याउँछ । यस कारण नेपालमा भोलि पार्टीविहीनताको अवस्था आउन सक्छ । पार्टी छ, तर कार्यकर्ता छैनन् भने त्यो अवस्था पार्टी विहीनता नै हो । कुनै पार्टीका लागि जीवन अर्पण गर्नुको के अर्थ, जब निर्वाचन लड्नै पाइन्न ।

नेपालमा दलविहीन पञ्चायती व्यवस्था कायम थियो ।  त्यस बेलाका पार्टीहरूले त्यस काललाई सत्तोसराप गरे, पार्टीको वैधानिकताका लागि लडाइँ लडे, तर आज तिनै पार्टीहरू दलविहीनताको दिशामा अगाडि बढिरहेका छन् । पार्टीका केही खास व्यक्तिको मात्र यस गठबन्धनले भलो गरेको छ । त्यो भनेको सामन्तवादी सोच हो । लोकतन्त्रमा यसै पनि एउटा व्यक्ति एकै ठाउँमा रहनु, एउटै पदमा घरीघरी थामिनु तदन्तरमा सामन्तवादमा परिणतिको अवस्था हो । लोकतन्त्रभित्र सामन्तवाद फस्टाउनु भनेको लोकतन्त्रको पतन हो । सामन्तवाद भनेको व्यक्तिको वर्चस्व कायम हुनु होस  लोकतन्त्र भने व्यक्तिवादको विपक्ष हो, निरन्तर प्रवाहमय नेतृत्वको द्योतक हो । तर नेपाली लोकतन्त्रमा व्यक्ति प्रमुख बनेको छ । सिद्धान्त, कार्यकर्ताको मूल्यमा विभिन्न तिकडमको भरमा आफ्नो वरीयता कायम गर्न खोज्दैछ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here