प्रस, वीरगंज, ५ मङ्सिर/

पर्सा, बारा र रौतहटमा मतगणना निर्धारित समयमा हुन सकेन ।

मङ्सिर ४ गते आइतवार मतदान सम्पन्न भएपछि मतपेटिकाहरू सोमवार बिहान २ बजेसम्म तोकिएका मतगणना स्थलमा पुगेका थिए ।

मतगणनाका लागि सोमवार बिहान  तीनै जिल्लामा प्रयास भएपनि पर्सा जिल्लाका निर्वाचन क्षेत्र नं १ र २ का मतगणनास्थल ठाकुर राम बहुमुखी क्याम्पसमा बिहान ११ बजे सर्वदलीय बैठक बसेर १ बजेदेखि मतगणना शुरू भएको थियो ।

यसैगरी, क्षेत्र नं ३ र ४ का मतगणनास्थल जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालय, पोखरियामा दिउँसो ३ बजेदेखि मतगणना शुरू भएको थियो ।

मतगणनामा सहभागी हुने कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरू ढिलो आएका कारण मतगणना ढिलो भएको हो ।

यसैगरी, बारामा पनि मतगणना ढिलो गरी शुरू भएको छ । बाराका चारवटा क्षेत्रका चार ठाउँमा मतगणना भइरहेको र चारै क्षेत्रका मतगणना दिउँसो ४ बजेदेखि शुरू भएको थियो । कतिपय निर्वाचन क्षेत्रमा सोभन्दा ढिलो पनि मतगणना शुरू भएको थियो ।

सर्वदलीय बैठक बस्न ढिलो भएको तथा कर्मचारी र प्रतिनिधिहरू आउन ढिला गरेका कारण मतगणना ढिला भएको हो ।

बारा जिल्लाको क्षेत्र नं १ को मतगणना बरियारपुरमा, क्षेत्र नं २ को मतगणना कोल्हवीमा, क्षेत्र नं ३ को मतगणना जिल्ला शिक्षा कार्यालय, बारामा र क्षेत्र नं ४ को मतगणना सिमरामा भइरहेको छ ।

यसैगरी, रौतहटको सदरमुकाम गौरमा क्षेत्र नं १ को मतगणना भइरहेको छ भने क्षेत्र नं २ को परोहा, क्षेत्र नं ३ को कटहरिया र क्षेत्र नं ४ को चन्द्रनिगाहपुरमा मतगणना भइरहेको छ । रौतहटका चारवटै क्षेत्रमा पनि मतगणना ढिलो गरी शुरू भएको थियो ।

सर्वदलीय बैठक ढिलो भएको र कर्मचारीहरू ढिला गरी आएका कारण मतगणना ढिलो भएको हो । अबेर रातिसम्म मतपेटिकाहरू निर्धारित मतगणनास्थलमा पुग्न नसकेको र कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिहरू समयमा सर्वदलीय बैठकमा सहभागी नभएकाले मतगणनामा ढिलो भएको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि तीन दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने योजना बनाए पनि मतदानको भोलिपल्ट दिउँसो मात्र मतगणना शुरू भएकोले तीनै जिल्लामा आयोगले निर्धारण गरेको समयमा मतपरिणाम सार्वजनिक हुने आशा कम छ ।

आयोगले प्रत्यक्षतर्फको तीन दिन र समानुपातिकको पाँच दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य लिएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here