प्रस, वीरगंज, ५ मङ्सिर/

पर्सा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको लागि भएको मतदानमा ३६३३ मतगणना हुँदा एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेदवारले प्रदीप यादवले १८०८ मत ल्याएर अग्ररता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले १२७६ र राप्रपाका किरणमान डङ्गोलेले २२० तथा वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्णले ५० मत ल्याएका छन् ।

क्षेत्र नं १ (१)मा प्रदेशसभा सदस्यको लागि भएको मतदानमा ३९५७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले ११८८ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले ११६३, जसपा–एमाले गठबन्धनबाट एमालेका विचारी यादवले ५६४ र स्वतन्त्र उम्मेदवार सुधीर पटेलले २५८ मत ल्याएर पछ्याइरहेका छन् ।

क्षेत्र नं १ (२)मा ३६३६ मतगणना हुँदा जसपाका लालबाबू राउत गद्दीले १३०२ मत ल्याएर अग्ररता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका रामनारायण कुर्मीले ८१२ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले ५०२ मत ल्याएर पछ्याइरहेका छन् ।

क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा २८१९ मतगणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले १३१५ मत ल्याएर अग्ररता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीले ९६५ मत र राप्रपाका नरेश साहले २२९ मत ल्याएर पछ्याएका छन् ।

यसैगरी, क्षेत्र नं २ (१)मा २८२० मतगणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका श्याम पटेलले १९०० मतसहित अग्ररता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा–एमाले गठबन्धनबाट जसपाका उम्मेदवार रामनरेश यादवले ८८१ मत पाएका छन् भने राप्रपाको हलो छापले ३९० मत पाएका छन् ।

क्षेत्र नं २ (२)मा २८१८ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहले ७०७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका उम्मेदवार रमेशप्रसाद कुर्मीले ६५२, जसपा–एमाले गठबन्धनबाट एमालेका उम्मेदवार हरेराम पटेलले ६०७ र राप्रपाका परमानन्द कुर्मीले ११९ मतसहित पछ्याइरहेका छन् ।

पर्साको क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा रूख छापले अग्ररता लिएको छ ।

बहुदरमाई नपा–९ को मतगणना हुँदा १६५२ मतगणनामा नेपाली काङ्ग्रेसका सुरेन्द्रप्रसाद चौधरीले ७२७ मतसहित अग्ररता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार गुप्ताले ५४८ मत ल्याएका छन् भने नेपाल सुशासन पार्टीका राजकुमार यादवले २१४ मत पाएका छन् ।

पर्सा क्षेत्र नं ३ (२)मा प्रदेशसभा सदस्यतर्फ बहुदरमाई नपा–१ को मतगणनामा १४१६ मत खसेकामा नेपाली काङ्ग्रेसका जनार्दन सिंह क्षत्रीले ४२१ मत पाएर अग्ररता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका प्रह्लाद गिरीले ४११ मत  र जसपाकी डा मधु गुप्ताले ३५० मत ल्याएकी छन् ।

पर्सा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको ३८९५ मतगणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका रमेश रिजालले ३५३५ र जसपा एमाले गठबन्धनबाट एमालेका उम्मेदवार जालिम मियाँले २५२४ मत पाएका छन् ।

यसैगरी, प्रदेशसभामा ४ (२)मा २०६६ मतगणना हुँदा एमाले–जसपा गठबन्धनबाट जसपाका सिंहासन साह कलवारले ११५३ मत, स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानूले ५२९, राप्रपाका जग्गा हजराले १५४, माओवादी केन्द्रकी शेखचाँद ताराले ७५ मत पाएका छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here