प्रस, रौतहट, ५ मङ्सिर/

रौतहट क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको लागि गौर नगरपालिकाको मतगणनामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपाल १४७५ र एमालेका उम्मेदवार अजय गुप्ताले १२३२ मत ल्याएका छन् ।

यसैगरी, रौतहट क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा सोमवार रातिसम्म भएको मतगणनामा स्वतन्त्र उम्मेदवार किरण साह १२०० मत पाएर अगाडि छन्, उनका निकटतम प्रतिद्वन्द्वी डा फिर्दोश आलमले ५५० मत ल्याएका छन् ।

यस्तै, क्षेत्र नं ३ को प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार प्रभु साहले १०६७ र उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले ८०७ र नेकपा माओवादीका धीरज पटेलले ७१९ मत ल्याएका छन् ।

यसैगरी, क्षेत्र नं ४ मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका देवीप्रसाद तिमिल्सिनाले १२८९ मत ल्याएर अग्रता लिएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी उद्धव रेग्मीले १२२१ मत ल्याएका छन् ।

रौतहट क्षेत्र नं ४ (१)मा वृन्दावन नगरपालिका–१ मा भएको मतगणनाको परिणाममा नेकपा माओवादीका उम्मेदवारले १४३६ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले ९९५ र एमालेले ४८६ मत ल्याएका छन् ।

यसैगरी, रौतहट क्षेत्र नं ४ (२)मा प्रदेशसभामा कुकर छापले ६६६, जीपले ३४४, रिक्साले २४७, अनारले ९५, बस र ह्वील चेयरले ५४/५४ तथा छाता र पङ्खाले ५०/५० मत ल्याएका छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here