राधेश्याम पटेल, वीरगंज, ५ मङ्सिर/

पर्सामा विदेशी दाताद्वारा पाएको एम्बुलेन्स कबाड बनेको छ ।

भारत–नेपाल कोअपरेशन प्रोजेक्ट अन्तर्गत भारतले नेपाल सरकारमार्फत पर्सा जिल्लाको पोखरिया नगरपालिकास्थित रामदयाल फाउन्डेशनलाई दिएको एम्बुलेन्स कबाड अवस्थामा वीरगंज–पोखरिया सडकखण्डको बैरिया चोकीस्थित यादव पेट्रोल पम्पनजीकै उक्त एम्बुलेन्स बेवारिसे अवस्थामा छोडिएको छ ।

करीब डेढ दशकअघि नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीका बुबा स्व रामदयाल चौधरीको स्मृतिमा उक्त फाउन्डेशन स्थापना गरिएको थियो ।

शुरूमा फाउन्डेशनलाई प्राप्त एम्बुलेन्सले बिरामी ओसारपोसार गरेको थियो । तर उचित व्यवस्थापन नहँुदा एम्बुलेन्स मरम्मतसम्भारको अभावमा बिग्रेर थोत्रो हुँदै गएपछि कबाडीमा परिणत भएको स्थानीयहरूले बताए । आमनिर्वाचनमा चौधरी उम्मेदवार हँुदाँ उक्त सडक क्षेत्र भएर आउजाउ गर्ने सबैले एम्बुलेन्स हेरेर अफसोच मान्ने गरेका छन् ।

सार्वजनिक सम्पत्तिको राम्ररी हेरचाह नहुँदा लाखौं मूल्यको एम्बुलेन्स अहिले केही कबाडी बन्न पुगेको छ । उक्त एम्बुलेन्स फाउन्डेशनको भएकोले बिक्री वितरण पनि गर्न नसकिने अवस्था छ । उक्त एम्बुलेन्सका चालक पर्सा बाटसार्वा घर भएका मनेजर तिवारीको लापारवाहीका कारण एम्बुलेन्सको मरमम्तसम्भार हुन नसकेको हो । अहिले एम्बुलेन्सको सीसा, चक्का र बडी, सिट र इन्जिन सबै जीर्ण भइसकेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here