ललितपुर, ५ मङ्सिर/रासस

ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन् ।

 “कुल सदर मत ५१ हजार ३५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो,” उनले भनिन् ।

उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार ८८६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार ६६६ मत प्राप्त गरे ।

साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले आठ हजार २६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार ६४६ मत प्राप्त गरे ।

पाँच जिल्लाका मतपेटिका सङ्कलन गर्न हेलिकप्टर

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पाँच जिल्लाका सडक यातायात सुविधाको पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्री सम्बन्धित जिल्ला सदरमुकाम तथा मतगणनास्थल ल्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ ।

निर्वाचन आयोगले नेपाली सेनाको युद्ध कार्य निर्देशनालयलाई उपयुक्त हवाई साधनबाट मतपेटिका ढुवानी गर्न जिम्मेवारी दिएपछि सामग्री ल्याउन थालिएको हो । आयोगका अनुसार हुम्लाको अदानचुली गाउँपालिका, चङ्गेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका गरी ३४ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्रीहरू जिल्ला सदरमुकाम सर्केगाड बजार तथा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका नौवटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम नाम्चे ल्याउन हेलिकप्टर प्रयोग भएको छ ।

यस्तै, बझाड्ढो साइपाल गाउँपालिकाको तीनवटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री एकाङ्कुरी डाँडा ल्याउन, गोरखा जिल्लाको चुमनुम्री गाउँपालिकाका २२ मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम गोरखाबजार ल्याउन हेलिकप्टर प्रयोग गरिएको छ । त्यसैगरी, मनाड्ढो नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम चामे ल्याउन र सङ्खुवासभाको भोटखोला गाउँपालिकाका चार मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम खाँदबारी ल्याउन हेलिकप्टर प्रयोग भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here