नोमपेन्ह, ५ मङ्सिर/सिन्ह्वा

दिगो, समावेशी र बलियो क्षेत्र प्रवद्र्धन गर्ने उपायबारे छलफल गर्न दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्घ (आशियान)का संसदीय नेताहरू सोमवार यहाँ जम्मा भएका छन् ।

आशियान अन्तरसंसदीयसभा (४३औं एआइपिए)को ४३औं महासभाको उद्घाटन समारोहलाई दिएको शाही सन्देशमा कम्बोडियाका राजा नोरोदोम सिहामोनीले अन्तर–संसदीय कूटनीति, साझेदारी र सहयोग विस्तार र यस क्षेत्रको दिगो शान्ति र समृद्धि प्रवद्र्धन गर्न संसदीय कूटनीति, साझेदारी र सहयोग महŒवपूर्ण हुने बताएका छन् ।

 “यस हप्ताको आइपाको ४३औं महासभाको भेलाले हाम्रो क्षेत्रको लागि अझ शान्त र समृद्ध भविष्य प्राप्त गर्न वर्तमान चुनौती पार गर्न एकता र प्रतिबद्धताको वास्तविक भावना प्रतिविम्बित गर्दछ,” राजाले भने, “त्यस भविष्य प्राप्त गर्न हामीले राष्ट्रिय र क्षेत्रीय विकास प्रयासहरू दिगोपन, समावेशिता र लचिलोपनको अवधारणासँग राम्रोसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्नुपर्छ ।”

उद्घाटन कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले विश्वले भूराजनीतिकलगायत थुप्रै चुनौतीको सामना गरिरहेको बताएका छन् । राजनीतिक प्रतिस्पर्धा, युद्ध, व्यापार र आर्थिक ध्रुवीकरण, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरूलगायतका थुप्रै चुनौती आजका मुख्य चुनौती हुन्, उनले भने । हुनसेनले ४३औं एआइपिएले एआइपिए प्रतिनिधिहरूलाई एकतामा सहयोग सुदृढ गर्ने र यस क्षेत्रका जनताको हितका लागि नीतिगत सिफारिशहरू पहिचान गर्ने साझा उद्देश्यका साथ विस्तृत विषयमा छलफलमा सहभागी हुने अवसर प्रदान गरेको पनि बताएको छ ।

कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच हेङ साम्रिनले यस भेलाले यस क्षेत्रले सामना गर्ने अवरोध र चुनौतीहरूको बीचमा आशियान संसद्बीचको ऐक्यबद्धता, मित्रता र निकट सहयोगको बलियो भावना झल्काएको बताएका छन् । आशियान समूहमा बु्रनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमा, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम छन् । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here