नेपालमा गणतन्त्रात्मक सङ्घीयता लागू भएपछि यो दोस्रो आमनिर्वाचन हो । यो समाप्त भएको छ । परिणाम आउन केही दिन लाग्ला । निर्वाचन आयोगले तीन दिनभित्र परिणाम आउने प्रतिबद्धता जनाएको छ । कुरौंला, हप्ता दिन लागे पनि केही छैन । परिणाम त त्यही हुन्छ, जुन बाकसमा बन्द छ । त्यसका लागि अब केही गर्ने/नगर्ने कुरा आउँदैन । तर परिणामले नेपाल र नेपालीको भविष्य निर्धारित गर्नेछ । चिन्ता कसले जित्छ/कसले हार्छ भन्ने होइन, चिन्ता हो मतपरिणाम भविष्य सपार्ने खालको हुन्छ कि यथास्थितिलाई कायम राख्ने खालको । परिणाम जस्तोसुकै भएपनि भोलि देश सुन्दर बन्दैन, न नेपालीको समृद्धिको कुनै रेखा नै कोर्न सक्छ । हो, भोलिको आशा र निराशा भने परिणामले देखाउनेछ । दुई गठबन्धनमध्ये कुनैले पनि बहुमत ल्यायो भने देशको राजनीतिमा यथास्थिति उत्पन्न हुन्छ, व्यक्ति ठूलो र विधि निरीह बन्छ । किनकि गठबन्धन कुनै परिवर्तनका लागि होइन, यथास्थिति कायम राख्नका लागि भएको कुरा सबैले बुझेका छन् । यथास्थिति रहेमा देशमा व्यक्ति समृद्ध हुनेछ, समाज र देश निरीह बन्नेछ । यति चाहिं पक्का छ ।

गठबन्धन फितलो भयो भने देशमा स्वस्थ राजनीति बढ्नेछ । यसले आम मतदाता र राजनीतिक दलहरूलाई एउटा सबक दिनेछ, राजनीतिक कार्यकर्ताहरू अब अबुझ छैनन्, झेल बाटोबाट दललाई बलियो बनाएको नाममा व्यक्तिको महत्ता बढ्दैन । हुनुपर्ने हो जनता, देश, दल अनि व्यक्तिको महŒव । नेपालमा भने व्यक्ति, दल, देश अनि जनता क्रमशः पुछारमा पु¥याउने उद्यम भइरहेको छ । रैथाने राजनीतिक नेताहरूको ध्येय पूरा भइरहेको छ । यसरी देश उल्टो गतिमा हिंडिरहेको छस हिंडाइएको छ भन्नु उपयुक्त होला । निर्वाचन परिणामले यस स्वार्थजन्य पर्खालमा प्वालसम्म पार्न सक्यो भने नेपाली जनताको विजययात्रा शुरू हुनेछ । जनताले शासन व्यवस्था परिवर्तनलाई आफ्नो जीत ठान्यो, सत्ता परिवर्तन गर्न सकेन । बोतल मात्र फेरेर रक्सीको गुणवत्ता बदल्न सकिन्न भन्ने चेत जनतालाई आएन । जति बोतल फेरे पनि रक्सी त्यही छ भने न स्वाद, न गुणवत्तास केहीमा फरक पर्दैन । यो टड्कारो सत्य बुझ्न जति ढिलो हुन्छ, देश निरन्तर ठूलो भुमरीमा जाकिने डर हुन्छ । यसर्थ यसपालिको निर्वाचन परिणामले गठबन्धनको माध्यमबाट आआफ्नो सिन्डीकेट बनाउन खडा गरिएको स्वार्थको पर्खालमा ठूलो भ्वाङ नभए पनि सानै प्वाल मात्र पार्न सक्यो भने जनता र देशको भलो हुने थियो ।

जनता निराश छ, त्यसैले देशको निर्वाचनमा मत खस्ने सङ्ख्यामा निरन्तर ¥हास आइरहेको छ । यसपालि पुगनपुग ६१ प्रतिशत मात्र मत खसेको आकलन गरिंदै छ । राजनीतिसँग त्यत्रो सरोकार राख्ने नेपाली मतदातासँग ७५ प्रतिशत मत खस्ने आसमा तुषारापात भएको छ । यसले फेरि उही स्वार्थी, सत्तालोलुप, सिद्धान्तहीन राजनीतिलाई प्रतिष्ठित गर्नेछ । साँपनाथ नभए नागनाथको गलामा माला पहि¥याउनेछ । नाम फरक भएपनि गुण र स्वभाव दुवैको एउटै हो । गठबन्धन फितलो देखियो भने नागनाथ वा साँपनाथहरूले फणा उकालिन पाउनेछैनन् । यसले भोलिको राजनीतिलाई सही दिशा निर्देश गर्ने थियो । यस्तो हुनु भनेको ताप्के तात्नु हो । ताप्के भनेको जनतास मतदाता । जनता ताते मात्र राजनीति परिपक्व, सिद्धान्तनिष्ठ, कल्याणकारी र परिष्कृत बन्न सक्छ । यसपालिको निर्वाचन परिणामले जनता कति तातेको छ, थाहा हुन्छ, बिंड त प्रशस्त तातेकै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here