नितेश कर्ण, वीरगंज, ४ मङ्सिर/

आइतवार भएको निर्वाचनको लागि पर्सा जिल्लाभरि मदिरा निषेध गरिए पनि भिस्वामा भने एकातिर मतदान भइरहेको थियो भने अर्कोतर्फ खुलेआम मदिरा बिक्री भइरहेको थियो।

जिल्ला प्रशासन कार्यालय, पर्साले कात्तिक २६ गते राति १२ बजेदेखि निर्वाचन नसकुन्जेलसम्मको लागि मदिरा बिक्री वितरणमा निषेध गरेको थियो। वीरगंज महानगरपालिकामा रहेका मदिरापसलहरू यस अवधिमा बन्द रहे। तर पर्साका ग्रामीण क्षेत्रमा भने यस अवधिमा खुलेआम मदिरा बिक्री भइरहेको थियो। मौन अवधिको एक दिनअगाडि पोखरिया नगरपालिकामा मदिरा बन्द गराइए पनि पर्सागढी, बहुदरमाई नगरपालिका र दशवटै गाउँपालिकामा मदिरा बिक्री भएको थियो।

छिपहरमाई गापाको भिस्वामा भने आज आइतवार मतदानको दिन पनि निर्बाधरूपमा मदिरापसलहरू सञ्चालनमा आए। मासु, मदिरालगायतका पसलहरू खुलेका थिए। ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको ओहोरदोहोर भएपनि मदिरापसल बन्द गराउनेतर्फ कसैले पनि चासो देखाएको थिएन।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here