प्रस, रौतहट, ४ मङ्सिर/

रौतहटको अमरपट्टिमा दुई राउन्ड हवाई फायर भएको र महम्मदपुर तथा पोठियाहीमा झडप भएकोबाहेक जिल्लाभरिको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ।

पोठियाही र अमरपट्टिका मतदान स्थल पोठियाहीमा राखिएको थियो। अमरपट्टिमा रहेका करीब १५० जना मतदाता दुई किलोमिटर हिंडेर पोठियाही पुगेर मतदान गर्नुपर्नेमा उनीहरू जाँदा वाम लोकतान्त्रिक गठबन्धन पक्षधरहरूले उनीहरूलाई रोकटोक गरेका थिए। पछि प्रहरी परिचालित भएको र दुई राउन्ड हवाई फायर गरेर अमरपट्टिका मतदाताहरूलाई मतदानस्थल पोठियाही पु–याएर मतदान गर्ने वातावरण बनाइएको थियो।

पोठियाहीका २०–२२ जनाको हुलले अमरपट्टिबाट मत खसाल्न आउनेहरूलाई अवरोध गरेको भनी प्रहरीमा सूचना गएको थियो र प्रहरीले उनीहरूलाई सुरक्ष्Fित मतदानस्थलमा पु–याएको थियो।

यसैगरी, महम्मदपुर–३ र कनकपुरमा पनि सामान्य झडपका घटनाहरू भए। यी तीन घटनाबाहेक रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आइतवार मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। रौतहटका चारवटा क्षेत्रमा मतगणना हुने बताइएको छ। क्षेत्र नं. १ को गौर, क्षेत्र नं. २ को परोहा, क्षेत्र नं ३ को कटहरिया, क्षेत्र नं ४ को चन्द्रपुरमा मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here