प्रस, वीरगंज, ४ मङसिर/

पर्सा जिल्लाका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करीब ५५ प्रतिशत मतदान भएको बताएका छन्। मुख्य निर्वाचन अधिकृत पोखरेलले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको र मतपेटिकाहरू मतगणना स्थलमा आउने क्रम जारी रहेको बताउँदै प्रारम्भिक अनुमान अनुसार ५० देखि ५५ प्रतिशत मतदान भएको बताए। उनले सम्पूर्ण ठाउँबाट रिपोर्ट आएपछि यो प्रतिशतमा थपघट हुन सक्ने बताए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत रञ्जीता झाले पनि करीब ६० प्रतिशत मतदान भएको अनुमान गरिएको बताइन्। उनले मतदाता सङ्ख्या र आइतवार सम्पन्न मतदान अनुसार ६० प्रतिशत मतदान भएको अनुमान गरिन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अबेर रातिसम्म मतपेटिका पर्सा क्ष्Fेत्र नं १ र २ को ठाराब क्याम्पस र ३ र ४ को पोखरियामा पुगिसक्ने बताए। भोलि बिहान ८ बजे सर्वदलीय बैठक राखेर त्यसपछि मतगणना शुरू गरिने बताए।

पर्सा जिल्लामा कुल ४१२ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी ४१४ मतदान केन्द्र थिए। एउटा केन्द्रमा चारवटा बाकसको दरले एक हजार ६४८ र दुईवटा अस्थायी केन्द्रका बाकस जोडेर एक हजार ६५० वटा मतपेटिका पर्सा जिल्लामा रहेका छन्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here