– उमाशङ्कर द्विवेदी

घटोत्कच रिसले मुर्मुरियो, उसका आँखाबाट आगोका झिल्काझैं निस्कन थाल्यो। उसले हातहरूलाई परस्परमा मोलेर ओठलाई दाँतले थिची पुनः राक्षसी मायाको बलबाट अर्को रथको निर्माण ग–यो। त्यसमा हात्तीको समान स्थूलकाय पिशाच जस्तो मुख भएको गधा जोतिएका थिए। त्यस रथमाथि बसेर ऊ कर्णको सामु गयो तथा उनीमाथि एउटा भयङ्कर अशनिको प्रहार ग–यो। कर्णले आफ्नो धनुष रथमाथि राखेर रथबाट हाम्फाली त्यस अशनिलाई हातबाट नै समाते अनि त्यस अशनिलाई घटोत्कचमाथि नै प्रहार गरिदिए। घटोत्कच त त्यस रथबाट हाम्फालेर टाढा गई उभियो तर त्यस अशनिको तेजबाट रथमा जोतिएका गधा, सारथि तथा ध्वजासहित उसको रथ डढेर भस्म भइहाल्यो। अनि त्यो अशनि पृथ्वीभित्र छि–यो। कर्णको यस्तो पराक्रमलाई हेरेर देउताहरू पनि आश्चर्यचकित भए। सम्पूर्ण प्राणीले कर्णको प्रशंसा गर्न थाले। पूर्वोक्त पराक्रम प्रदर्शन गरेर कर्ण पुनः आफ्नो रथमाथि बसेर राक्षसहरूमाथि बाणवर्षा गर्न थाले। अब घटोत्कच गन्धर्वनगरझैं पुनः अदृश्य भएर राक्षसी मायाबाट कर्णको दिव्यास्त्रहरूको नाश गर्न थाल्यो। तैपनि कर्णले आफ्नो धैर्य गुमाएनन्। त्यस राक्षसको साथमा युद्ध जारी नै रह्यो।

तदन्तर क्रोधित घटोत्कचले आफ्ना अनेकौं रूपहरू बनाएर कौरव महारथिहरूलाई भयभीत पारिदियो। तत्पश्चात् सिंह, बाघ, ब्वाँसो, आगोको लप्काझैं आफ्नो जिब्रो लपलपाउँदै गरेको सर्प र फलामे चुच्चो भएका पक्षीहरूले चारैतिरबाट कौरवसेनामाथि आक्रमण गरे। घटोत्कच त कर्णको बाणबाट घाइते भई अन्तध्र्यान भयो तर मायामय पिशाच, राक्षस, यातुधान, कुकुर र भयङ्कर मुख भएका ब्वाँसाहरू चारैतिरबाट प्रकट भई कर्णतिर यस प्रकारले दौडिए मानौं कर्णलाई निलिहाल्नेछन् तथा रगताम्य अस्त्रशस्त्रहरूलाई कठोर वाणी सुनाउँदै कर्णलाई भयभीत पार्न थाले।

कर्णले उनीहरूमध्ये प्रत्येकलाई कैंयन बाण हानेर घाइते पारी दिव्यास्त्रले त्यस राक्षसी मायाको संहार गरेर उसको घोडालाई पनि यमलोक पठाइदिए। यस प्रकार पुनः आफ्नो राक्षसी मायाको नाश भएको हेरेर ‘अब म तिमीलाई मृत्युको मुखमा पठाउँदै छु’ कर्णसित यति भनेर घटोत्कच फेरि अन्तध्र्यान भयो।

सञ्जय भन्छन्– राजन्, यस प्रकारले कर्ण र घटोत्कचको बीचमा युद्ध भइरहेकै बेला अलायुध नामक एउटा राक्षस पूर्वकालीन वैरको स्मरण गरेर आफ्नो ठूलो डफ्फा सेना लिएर दुर्योधनको छेउमा आएर युद्धको लालसाले भन्यो– महाराज, तपाईंलाई भीमसेनले हाम्रा बान्धव हिडिम्ब, बक र किर्मीरको वध गरेको कुरा थाहा नै होला। त्यसैले आज हामी स्वयंले भीमपुत्र घटोत्कचको वध गर्नेछौं तथा श्रीकृष्ण र पाण्डवहरूलाई उनीहरूको अनुचरसहित मारेर खाइहाल्नेछौं। आज पाण्डवहरूका साथ हामीलाई युद्ध गर्ने आज्ञा दिनुहोस्।

उसको कुरा सुनेर दुर्योधनलाई निकै खुशी लाग्यो। दुर्योधनले आफ्ना बन्धुहरूको साथै ऊसित भने– भाइ, तिमीलाई त तिम्रो सेनासहित अगि राख्नेछौं र साथमा रहेर हामी पनि शत्रुहरूको साथ लडाइँ गर्नेछौं, मेरा योद्धाहरूको ह्दयमा वैरको आगो दन्दनी बलिरहेको छ, उनीहरू चैनले बस्न सक्दैनन्।

होस् यस्तै हुनेछ भनेर राक्षसराज अलायुध राक्षसहरूलाई साथमा लिएर बडो उत्ताउलो हँुदै युद्ध गर्न भनी हिंड्यो। घटोत्कचसित जस्तो तेजस्वी रथ थियो, त्यस्तै रथ अलायुधसित पनि थियो। त्यसको घरघराहट अनुपम थियो, त्यसमाथि रीछको छाला मढिएको थियो। त्यसको लम्बाइ–चौडाइ पनि दुरुस्त उस्तै चार सय हातको थियो। उसको धनुष पनि निकै ठूलो थियो, जसको प्रत्यञ्चा सुदृढ थियो। अलायुध पनि घटोत्कचकै समान वीर थियो तर रूपमा भने ऊ घटोत्कचभन्दा पनि सुन्दर थियो।

महाराज, अलायुध आएपछि कौरवहरूलाई बडो प्रसन्नता भयो, मानौं समुद्रमा डुबिरहेको मान्छेलाई जहाज मिलेको होस्। त्यति बेला कर्ण र घटोत्कचको बीचमा अलौकिक युद्ध भइरहेको थियो। द्रोण, अश्वत्थामा र कृपाचार्य आदि घटोत्कचको पराक्रमलाई हेरेर अत्यन्त रोमाञ्चित भएका थिए। सबैको मनमा बेचैनी थियो, सर्वत्र हाहाकार मच्चिएको थियो। सम्पूर्ण सेना कर्णको जीवनबाट निराश भइसकेका थिए। कर्णलाई ठूलो आपत्तिमा परेको हेरेर दुर्योधनले अलायुधसित भने– कर्ण घटोत्कचको साथमा भिडिरहेका छन् र युद्धमा घटोत्कचले महान् पराक्रम प्रदर्शन गरिरहेको छ। वीरवर, जस्तो तिम्रो इच्छा थियो, त्यसै अनुसार नै यस सङ्ग्राममा घटोत्कच तपाईंको भागमा परेको छ, अब तिमीले पुरुषार्थ गरेर यसको नाश गर। क्रमशः …

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here