प्रस, वीरगंज, ३० कात्तिक/

पर्सा जिल्लामा स्थानीय निर्वाचनमा खसेको मतभन्दा कम मत खस्ने सम्भावना देखिएको छ । यसो देखिनुको कारण यो जिल्लाबाट नेपाल र भारतका विभिन्न स्थानमा रोजगारका लागि बाहिरिएकाहरूमध्ये थोरै मात्र आउने सम्भावना देखिएकाले मत सङ्ख्या स्थानीय चुनावभन्दा घट्ने अनुमान गरिएको छ ।

वैदेशिक रोजगारमा गएकाहरू  स्थानीय चुनावमा पनि फर्केका थिएनन् भने यसमा पनि फर्कने सम्भावना न्यून छ । स्थानीय चुनावमा उम्मेदवारहरूले नेपाल र भारतका विभिन्न स्थानमा रोजगारका लागि गएकाहरूलाई आवतजावत खर्च दिएर बोलाएका थिए । उनीहरू चुनावको तीन/चार दिनअघि आआफ्नो पालिकामा फर्केका थिए । अहिले यो क्रम एकदमै न्यून छ । बुधवारसम्म मतदानको लागि फर्कनेहरूको सङ्ख्या निकै कम रहेको बताइन्छ ।

पटेर्वासुगौली गाउँपालिकाको देउरिवा निवासी आकाश चौधरीले नेपालका विभिन्न स्थानमा रोजगारमा गएकामध्ये यसपटकको चुनावमा पनि मतदान गर्न आउने सम्भावना रहेको बताए । उनले मङ्सिर १ र २ गतेसम्म उनीहरू फर्कन सक्ने अडकल गरे । पटेर्वासुगौलीबाट नेपाल र भारतमा बढी र थोरै मात्र वैदेशिक रोजगारमा छन् ।

यसैगरी, वीरगंज–५ का सन्तोष खनालले बाहिर रहेका मतदाता स्थानीय चुनावजस्तो प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा आउने सम्भावना नरहेको बताए । उनले स्थानीय चुनावमा थोरै मतबाट हारजीत हुने भएकोले वडाध्यक्ष, वडासदस्यहरूले आआफ्नो क्ष्Fेत्रका मतदाताहरूलाई खर्च दिएर बोलाउने गरेको तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ठूलो मतान्तरले हारजीत हुने भएकोले मतदाताहरूलाई खर्च दिएर बोलाउने नगरिएको बताए ।

वीरगंज–४ का अनिल श्रेष्ठले पनि स्थानीय चुनावजस्तो बाहिर रहेका मतदाताहरूलाई उम्मेदवारहरूले नबोलाएको दाबी गरे । उनले उम्मेदवारहरू घरदैलो, कार्यकर्ता भेटघाट जस्ता कार्यक्रममा रुमलिएको र यहाँ भएका मतदाताहरूलाई नै रिझाइरहेकाले र बाहिर रहेका मतदाताहरूलाई बोलाउन चासो नदेखाएको बताए ।

प्रस, सेढवा/

स्थानीय चुनावमा बाहिर रहेका मतदाताहरूलाई बोलाउने कार्य बढी चासो देखाइएको थियो भने मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाहिर रहेका मतदाताहरूलाई बोलाउन कुनै उम्मेदवारले चासोसमेत देखाएका छैनन् । उम्मेदवारहरूका कर्ताधर्ताहरूले पनि ती मतदाताहरूलाई बोलाउन सल्लाह दिएका छैनन् ।

स्थानीय चुनावमा दुई/चार दिनअगावै बाहिर रहेका मतदाताहरू गाउँठाउँमा आएका थिए । यो चुनावमा एक/दुई सङ्ख्याभन्दा बढी वडामा बाहिरका मतदाता आएको पाइएको छैन ।

पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट वैदेशिक रोजगारको लागि विदेशिने र भारत र नेपालका विभिन्न ठाउँमा जानेको सङ्ख्या धेरै छ तर ती मतदाताहरूलाई बोलाउनेतर्फ अहिलेका उम्मेदवारहरूले चासो देखाएका छैनन् ।

जीराभवानी गापा, पटेर्वासुगौली गापामा पनि नेपाल र भारतका विभिन्न स्थानमा रोजगारका लागि गएका मतदाताहरू छन् । जगरनाथपुर गापा र पर्सागढी नपामा वैदेशिक रोजगारका लागि तेस्रFे मुलुक र भारत तथा देशकै अरू ठाउँ जानेहरूको सङ्ख्या पनि उत्तिकै छ ।

ग्रामीण क्षेत्रबाट वीरगंज, हेटौंडासम्म रोजगार गरेर बसेकाहरू आउन सक्ने सम्भावना रहे पनि चितवन, पोखरा, काठमाडौं, बागलुङ, बुटवल, दाङ, तुलसीपुर, नेपालगंज, गोर्खालगायत क्ष्Fेत्रमा रोजगार गर्नेहरू मतदानकै लागि घर फर्कने सम्भावना अत्यन्तै क्षीण छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here