• कुमारबन्धु रूपाखेती

सिङ्गो नेपाल निर्वाचनमय भएको छ । नेता र कार्यकर्ताहरूलाई भ्याइनभ्याइ छ । हामीलाई राजनीतिमा कुनै चासो छैन भन्नेहरू झन् बढी सक्रिय देखिन्छन् । सबै तप्का र वर्ग निर्वाचनमा लागेका बखत यहाँ बिस्तारै महँगी बढेको छ र भ्रष्टाचारसमेत अन्य समयभन्दा बेंसी देखिन्छ । निर्वाचनका बखत यस्ता कुराहरूलाई दल र नेताहरू अनदेखा, अनसुना गरेर हिंड्छन् । सबैको अर्जुनदृष्टि चुनाव जित्ने लक्ष्यमा सीमित छ । कतिपय स्थानमा लामो समयदेखि लङ्गर चलिरहेको छ । निर्वाचन आयोगले विगतमा भन्दा अहिले कडिकडाउ गरे तापनि खाने मुखलाई जुँगाले छेकेको छैन । जागीर र व्यापारको सिलसिलामा बाहिर रहेकाहरूसमेत मत खसाल्न आप्mनो निर्वाचन क्ष्Fेत्रमा पुगिसकेका छन् । दशैं, तिहार र छठ पर्वपछि निर्वाचनले समेत घरघरमा आफन्त जम्मा हुने माहोल सिर्जना गरेको छ ।

यही मङ्सिर ४ गते हुने निर्वाचनले राजनीतिक दलहरूको लेखाजोखा गर्दैछ । तर पनि एक राजनीतिक अनुमान अनुसार काङ्ग्रेस पहिलो, एमाले दोस्रFे, तेस्रोमा माओवादी देखिन्छ रे । चौथो रामजाने । मधेस प्रदेशमा विगतमा झैं जसपा नम्बर वनमैं रहने सम्भावना देखिन्छ भने दोस्रोमा काङ्ग्रेस र तेस्रो एमाले नै हुने छाँटकाँट छ । मधेस प्रदेशमा जतिसुकै घिसेपिटे पनि माओवादीको स्थान चौथोमा नै देखिन्छ । माधव नेपालको नेकपा एकीकृत समाजवादीले मधेस प्रदेशमा थुप्रै स्थानमा उम्मेदवारी दिएको देखिंदैन । मधेस प्रदेशमा सिके राउतको लाउडस्पीकरको आवाजसमेत दबेको प्रतीत हुन्छ । यसपटक राप्रपाले समेत आफ्नो सिट बढाउने निश्चित देखिन्छ भने स्वतन्त्रहरूसमेत यसपटक अलि बढी सङ्ख्यामा संसद् र प्रदेशसभामा प्रवेश गर्ने सम्भावनालाई नकार्न सकिंदैन । पर्सा जिल्लामा दशैं, तिहारदेखि चलेका जुवाघरहरू अझै पनि निर्बाधरूपमा चलेका देखिन्छन् र निर्वाचनसम्म निर्बाध नै चल्ने देखिन्छ । यसपटक भने भारतीय नक्कली नोटको हल्लाखल्ला छैन । अहिले त नेपाली नोटले नै कमाल गरेको छ । निर्वाचनलाई परिवर्तनको वाहक भनिए पनि गरीबहरूका लागि यो त राम्रो खाने, लाउने अवसर पनि हो । विभिन्न भलाद्मी उपदेशकहरूले ‘हाम्रोलाई होइन, राम्रालाई छानौं’ भने तापनि ‘काग कराउँदै छ, पिना सुक्दैछ’को अवस्था छ । त्यसो त नेपालको निर्वाचनमा अन्तिम दुई रात निकै महत्वपूर्ण मानिन्छ र भनिन्छ, निर्वाचनअघिको दुई रातले नै हारजीतको फैसला गर्छ रे । यो दुई रातमा के के हुन्छ, तपाईं हामी सबैलाई थाहै छ । अन्तिम दुई रात त कोजाग्रत पूर्णिमाझैं लाग्दछ, धेरैको घरदैलो खुला रहन्छ, सुत्दैनन् । यस्तै छ यहाँको चलन तर यति गर्दागर्दै पनि केहीको अवस्था उडायो सपना हुरीले झैं हुन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here