• कुमारबन्धु रुपाखेती

२०७४ सालको संसदीय निर्वाचनताका आदर्शनगरमा सार्वजनिकरूपमा भव्य म्हः पूजा गरिएको थियो भने २०७९ सालको संसदीय निर्वाचनअघि भव्यरूपमा भाइटीका कार्यक्रम गरियो । तर २०७५ देखि २०७८ सम्म किन यस्ता कार्यक्रम गरिएन ? के यस्ता कार्यक्रमहरू उम्मेदवार र निर्वाचन लक्षित मात्र हो ? होइन भने निर्वाचनताका मात्रै यस्ता कार्यक्रम किन ?

निर्वाचन लक्षित यस्ता कार्यक्रमहरूमा कसको के स्वार्थ निहित छ, त्यो त आयोजकहरूलाई मात्रै थाहा होला । मिडियाले पनि पक्षपात गर्छ भन्ने उदाहरण त २०७९ सालको स्थानीय निर्वाचनमा धरातलमा प्रस्टै देखियो । जल्दाबल्दा पार्टी र चलनचल्तीका उम्मेदवारहरू बटुलेर स्थानीय निर्वाचनको मुखमा धरानमा थुप्रै कार्यक्रम गरिए । तर त्यस्ता कार्यक्रमहरूमा वर्तमान धराने मेयर हर्क साम्पाङलाई निम्ता दिन कसैले जरुरी ठानेनन् । निम्ता नपाएपछि उनी यस्ता कार्यक्रमहरूमा उपस्थित हुन सकेनन् । २०७४ सालको पहिलो स्थानीय निर्वाचनमा हर्क साम्पाङले मेयर पदमा जम्माजम्मी ४३२ मत पाएका थिए, जसले गर्दा पत्रकार महोदयहरूले उनलाई उम्मेदवार नै गनेनन्, गन्तीमैं राखेनन् । तर जब उनले २०७९ मा अपत्यारिलो किसिमले मेयरमा जिते, अनि मिडिया सबैलाई छाडेर उनको पछि लाग्न थाल्यो । नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो, एकअर्काको धर्म, रीतिरिवाजलाई सम्मान गर्नु प्रशंसनीय कुरा हो । अहिले निर्वाचनको बेलामा त उम्मेदवारहरू त्यसै पनि छछुवाएर हिंडेका छन् र्। मान न मान मै तेरा मेहमान’झैं घरदैलो चहार्दैछन्, अनि सार्वजनिकरूपमा गरिएको भाइटीकामा सहभागी हुने अवसर किन गुमाउँथे । उम्मेदवार लक्षित यस्ता कार्यक्रमहरूले जनमानसमा केही हदसम्म भाइटीकाको धार्मिक महŒव त दर्शाउँला तर भाइटीकाभन्दा धेरै आयोजक र उम्मेदवारहरूको प्रचारप्रसार त खपिनसक्नु देखियो । यस्ता कार्यक्रमहरूमा वीरगंजका नेवार समुदाय प्रशंसनीयरूपमा सक्रिय देखिन्छन् ।

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला काठमाडौं आउँदा देउवा पत्नी आरजु राणाले हतपत भैयादुजको मौका पारेर राखी बाँधेको पाठकहरूलाई थाहै होला ।

वीरगंजको भाइटीका पनि भैयादुजझैं राजनीतिक चलखेल नहोस् भन्ने हाम्रFे चाहना हो । यस्तो कार्यलाई भोजपुरीमा ‘बैठल बाँड्न पूजामे मन बा भुजामे’ भनिन्छ । मधेस प्रदेशको सबैभन्दा ठूलो शहर हो, वीरगंज । यो आर्थिक नगरीमा आर्थिक चलखेल, लेनदेन पनि खूबै हुन्छ । पञ्चायतकालमा नजराना दिएर वीरगंजमा कार्यालय प्रमुख बनेर आउँथे रे । यो रीतिरिवाज अझै कायमै छ । यहाँको यातायात व्यवस्था कार्यालय, नापी, मालपोत, आन्तरिक राजस्व विभाग, जिप्रका बेला कुबेला आर्थिक विवादमा चर्चामा आइरहन्छन् । तर के गर्नु वीरगंजमा त खोज पत्रकारिताको सट्टा मोजकारिताको चल्ती देखिन्छ । हामी स्कूल पढ्दा भारतबाट आएका एकजना विद्वान् शिक्षकले ‘छपराके छतमे छ दिनसे छ छुछुन्दर छछुवा रहा था’ जस्तो वाक्यको अङ्ग्रेजीमा ट्रान्सलेट (उल्था) गर भनेर अर्थ न बर्थको शिक्षा दिन्थे । म्हः पूजा, भाइटीका यस्तो हास्यप्रद नबनोस् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here