लागूऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्ध सडकनाटक

0

प्रस, वीरगंज, १४ असार/

वीरगंजको घण्टाघरमा मङ्गलवार साँझ सडक नाटक आयोजना गरिएको छ ।

पर्सामा असार १२ गतेदेखि एक साताको लागि शुरू भएको लागूऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।

अभियानको तेस्रो दिन सूचना सम्प्रेषण दिवसको रूपमा मनाउँदै बसपार्कमा सूचना डेस्क स्थापना गरिएको थियो । सूचनाको हक विषय सडक नाटकमा समेट्ने प्रयास भएको सानो पाइलाका स्वयंसेवक भाजु पटेलले बताए ।

वीरगंजको बसपार्कमा सूचना डेस्क स्थापना गरी साँझ घण्टाघरमा सडक नाटक गरिएको थियो । जसमा लागूऔषध तथा ओसारपसारविरुद्ध जनचेतनामूलक सामग्रीहरू बाँडिएको थियो ।

प्रचार सामग्रीमा लागूऔषध सेवन गरिरहेका व्यक्तिहरूमा आउने परिवर्तनका बारे उल्लेख गरिएको थियो । व्यक्तिको व्यवहारमा आएका परिवर्तनलाई पहिचान गर्दै समयमैं परामर्शका लागि पहल गरिए लागूऔषधको कुलतबाट उम्किन सम्भव छ भन्ने सन्देश डेस्कबाट प्रवाह गरिएको थियो । सानो पाइलाको लागूऔषध पुनस्र्थापनाको १५ वर्षे अनुभवले लागूऔषधको कुलतमा अधिकांश किशोर गलत सङ्गतका कारण फस्ने गरेकोले  त्यही विषयवस्तुलाई नाटकमार्फत चित्रण गरिएको थियो । सानो पाइलाको पुनस्र्थापना केन्द्रका प्रतिनिधि र बालगृहका बालबालिकाहरूले संयुक्तरूपमा नाटक तयार गरी प्रदर्शन गरेका हुन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here