तेक्वान्दो खेलाडी इन्डिया ओपनमा सहभागी हुने

0

काठमाडौं, १४ असार/रासस

काठमाडौंको जैशीदेवल तेक्वान्दो डोजाड्ढा खेलाडी इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा सहभागी हुने भएका छन् ।

जैशीदेवल युथ क्लबले मङ्गलवार उक्त प्रतियोगितामा सहभागी हुने ११ खेलाडीसहित १४ जनाको टोलीको बिदाइ ग¥यो ।

नेपाली टोली आजै भारतको आसामतर्फ प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बू, राहुल लिम्बू, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापामगर, आस्ना रानामगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा अञ्जीत राई, टोली व्यवस्थापकमा रमेश प्रजापति रहेका छन् । प्रतियोगता यही असार १७ देखि १९ गतेसम्म हुनेछ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here