महिलाहरूलाई बिजुलीसँग निकै डर लाग्छ । उनीहरू हतपत बिजुलीको काम गर्न चाहँदैनन् तर बिहारकी एक महिलालाई परिस्थितिले इलेक्ट्रिसियन बनाइदिएको छ र उनी यसै रोजगारबाट रोगी पतिको उपचार र बालबालिकालाई पाल्दै आइरहेकी छन् ।
१५ वर्षदेखि सडकको किनारामा बसेर बिजुलीको काम गर्ने सीतादेवीले जब पहिलोपटक यो काम शुरू गरिन् तब समाजका केही महिलाहरूले रुचाएनन् । आज पनि सीतादेवी सडकको किनारामा बसेर सजिलै घरखर्च चलाइरहेकी छन् । उनले एक दिनमा भारु १ हजारदेखि १५ सयसम्म कमाउने गरेकी छन् ।
गयाको राय काशीनाथ मोडमा पसल लगाउने सीतादेवी पढेलेखेकी छैनन् । तर उनी १५ वर्षदेखि सबै प्रकारको बिजुलीको काम गर्दै आइकी छन् । यद्यपि उनले परिस्थितिवश बिजुलीको काम शुरू गरेकी थिइन् तर बिस्तारै–बिस्तारै बिजुलीको सम्पूर्ण काम सिकिन् ।
सीतादेवीका पति पनि बिजुलीको काम गर्दथे । कुनै बेला उनीहरूको पसल राम्रFे चल्थ्यो र थुप्रै मजदूर पनि त्यहाँ काम गर्दथे । एक दिन उनका पति बिरामी परेर घरमैं थलिए । मजदूरहरू काम छाडेर गए । पति बिरामी भएपछि सीतादेवी पसल जान थालिन् र बिजुलीको सम्पूर्ण काम सिकिन् । बिजुलीको काम सिकाउन उनका पतिले सहयोग गरेका थिए ।
अहिले उनी बिजुलीको काममा महारत हासिल गरेकी छन् । आपैmंले एलइडी बल्ब, पङ्खा, कूलर, इन्भर्टरको काम गर्छिन् । उनले भन्छिन्–लोग्ने बिरामी भए, बच्चाहरू ससाना थिए । म बच्चाहरूलाई लिएर पसल जान्थें र काम सिक्थें ।