बाख्राले ४० रूसी सैनिकलाई घाइते बनायो

0

रूस–युक्रेन युद्ध अझै समाप्त भएको छैन । पाँच महीना लाग्यो दुवै देशबीच भीषण युद्ध भइरहेको छ । रूसले युक्रेनको शहर, गाउँमा हमला गरेर ध्वस्त बनाइदिएको छ । कहिले ग्रेनेड, कहिले मिसाइल, ट्याङ्कबाट रूसी सेनाले आक्रमण गरिरहेको छ ।

यद्यपि युक्रेनी सेनाले आक्रमणको डटेर सामना गरिरहेको बताएको छ । यसैबीच युद्धमा एउटा अचम्मको घटना भएको छ । एउटा बाख्राले ४० रूसी सैनिकलाई ग्रेनेडले उडाइदिएको छ । दक्षिण–पूर्व युक्रेनको जापोरिजिया ओब्लास्टको किन्स्की रोजडोरी गाउँमा रूसी सैनिक ग्रेनेडको जाल बिछाइरहेका थिए । यो जाल एउटा अस्पतालको चारैतिर बिछाइरहेका थिए । यसैबीच एउटा बाख्रा अचानक त्यहाँ पुग्यो र ग्रेनेडको तारसँग ठोक्कियो जसले गर्दा ग्रेनेड पड्कियो र ४० जना रूसी सैनिक घाइते भएको डेली स्टारले जनाएको छ ।

युक्रेनको मुख्य खुफिया निर्देशालय अनुसार अचानक भएको यस विस्फोटमा रूसी सैनिकलाई निकै चोट लागेको छ भने बाख्रा जीवित छ कि म¥यो त्यो थाहा हुन सकेको छैन । सामाजिक सञ्जालमा यस बाख्रालाई गोट अफ किव भनिएको छ । यस बाख्राले युक्रेनको त्यस खुफिया पाइलटको सम्झना गराएको छ जसले भीषण युद्धमा एक्लै रूसको ४० वटा विमान खसाएको थियो । ती पाइलटलाई घोस्ट अफ किव भनिन्थ्यो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here