खानेतेल कति प्रकारको हुन्छ ?

0

हाम्रो खाना पोषक र हाइजिनिक हुनुपर्छ । पौष्टिक र स्वस्थ खानेकुरा पकाउन तेल आवश्यक पर्छ । तर अहिले बजारमा विभिन्न प्रकारका खानेतेल पाइन्छ । हामीकहाँ खाने कुराको स्वाद बढाउन सनफ्लावर, रिफाइन्ड, तोरी र सस्र्यूंको तेल प्रयोग हुन्छ । यी तेलहरूमा भिन्दाभिन्दै पोषक तŒव पाइन्छ ।

अतिरिक्त शुद्ध जैतूनको तेल (एक्स्ट्रा भर्जिन ओलिभ आयल) – स्वास्थ्यको लागि यो निकै उत्कृष्ट तेल साबित भएको छ । एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण यो तेलले मुटुलाई स्वस्थ राख्छ । यसले क्यान्सरको खतरा पनि कम गर्छ । तर यो तेल तताएपछि यसको पोषक तŒव नष्ट हुन्छ । यस तेलको प्रयोग डिप्स, सलाद र डे«सिड्ढो लागि गर्न सकिन्छ ।

कैनोला आयलः रेपसिड फैमिलीको अङ्ग कैनोला आयल खाना पकाउनको लागि एउटा उत्कृष्ट तेल हो । तर यो तेल प्राकृतिक वनस्पतिबाट बन्दैन । बरु यसलाई बोटबिरुवा प्रजननबाट तयार गरिन्छ । लो सैचुरेटेड र हाइ मोनो सैचुरेटेड फैट भएको कारण यो खानेतेल स्वस्थ मानिन्छ ।

एभोकाडो तेलः स्वाद र स्वास्थ्यको लागि यो तेल निकै राम्रो हुन्छ । एभोकाडो तेलमा भरपूर मात्रामा असल बोसो पाइन्छ । खानेतेलमा यसलाई प्रयोग गर्न सकिन्छ । यस तेललाई सलादको लागि पनि प्रयोग गर्न सकिन्छ ।

तिलको तेलः तिलको तेल पनि पोषक गुणले भरिपूर्ण हुन्छ । अनसैचुरेटेड फैट र एन्टिअक्सिडेन्ट गुणले भरपूर तिलको तेल चीन र कोरियालगायत देशमा खानाको स्वाद बढाउन प्रयोग गरिन्छ ।

लाइट ओलिभ (जैतुन) तेलः एक्स्ट्रा भर्जिन ओलिभ आयलभन्दा अलग लाइट ओलिभ आयलको प्रयोग खानेकुरामा गर्न सकिन्छ । यो तेलमा क्यालोरी कम हुँदैन । यसको न्युट्रल टेस्टको कारण यस तेललाई लाइट भनिन्छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here