धानको महत्व र गरिमा संस्कृतिसँग

0

काठमाडौं, १४ असार/रासस

असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधवार औपचारिकरूपमा १९औं धान दिवस मनाइँदै छ । विश्वमा झन्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बाली चामल हो । धान उत्पादन गर्नेमध्येमा नेपाल १७औं स्थानमा पर्छ । विश्वका ६४ देशमा धान रोपाइँ हुन्छ । नेपालीको प्रमुख खाद्यान्न बाली चामल हो ।

धानको महŒव र गरिमा संस्कृतिसँग पनि जोडिएको छ । असार पन्ध्रकै दिन नेपालमा दही–चिउरा खाने प्रचलन पनि छ । नेपाल सरकारको विसं २०६१  मङ्सिर २९ गतेको मन्त्रिस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमा समेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिकरूपले धान दिवस मनाउँदै आएका छन् । यस वर्ष धान दिवसको नारा “धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको छ ।  सरकारी आँकडा अनुसार झन्डै ३१ लाख हेक्टर जमीन खेतीयोग्य रहेकामा ४७ प्रतिशत जमीनमा मात्र रोपाइँ हुन्छ ।  त्यसमध्ये तराई क्षेत्रले ७० प्रतिशतभन्दा बढी स्थान ओगटेको छ । कृषि तथा पशुपक्षी विभागका अनुसार नेपालमा करीब १४ लाख हेक्टर जमीनमा धान रोपाइँ हुँदै आएको छ ।

रोपाइँ गर्न पर्याप्त पानीको आवश्यकता पर्छ तर अभैmसम्म ६३ प्रतिशत जमीनमा सिंचाइ सुविधा पुग्न सकेको छैन । सिक्टा, महाकाली, बबई, रानी जमरा कुलरिया र भेरी बबईलगायत राष्ट्रिय गौरवका सिंचाइ आयोजनाले पूर्णता पाउन सकेका छैनन् । नेपालमा अधिकांश स्थानमा धानखेती आकाशे पानीमा निर्भर छ । वर्षा नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्क अनुसार कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन २७ प्रतिशत रहेकोमा धानको योगदान ११ प्रतिशत छ । धानको उत्पादन घटेको वर्ष कुल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ ।

कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले नेपालको अर्थतन्त्रमा धानको ठूलो महŒव रहेको जानकारी दिए । उनले भने, “भात खाने बानीमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन वृद्धिको विकल्प नरहेको जानकारी दिए ।” विभागका अनुसार संसारमा झन्डै १७ करोड हेक्टर जमीनमा धानखेती हुन्छ । खाद्य एवं कृषि सङ्गठन (एफएओ)का अनुसार सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो । चीनपछि भारत, इन्डोनेशिया, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश, म्यान्मा, फिलिपिन्स, ब्रजील, जापान, पाकिस्तान, कम्बोडिया, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, इजिप्टपछि नेपाल अर्थात् नेपाल विश्वको १७औं धान उत्पादन गर्ने देश रहेको बताइएको छ । 

नेपालमा चैते, वर्षे र घैंया, भदैया र हिउँदे धानखेती गरिन्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्ला हो । झापालाई सरकारले धान उत्पादनको सुपरजोन घोषण गरी लागू गरेको छ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोव्बरले वृद्धि गर्ने घोषणा गरेको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।                

नेपालको हालको जनसङ्ख्या (झन्डै तीन करोड)लाई धान पु¥याउन ६० लाख मेट्रिकटन धान आवश्यक पर्छ तर नेपालको उत्पादन भने जम्मा ५३–५४ लाख मेट्रिकटनमा सीमित छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गै्रमिनी (घाँस) प्रजाति अन्तर्गतको बाली हो ।

हाल नेपालले प्रतिवर्ष रु ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण  पीठोको सट्टा चामल खाने बानी बढ्दै गएको छ । फलस्वरूप मसिना तथा बास्नादार (बास्मती) चामलको आयातमा वृद्धि हुँदै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महŒवपूर्ण अन्नबाली हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिकरूपमा समेत महŒव छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ८२ जातका धानको विकास गरेको छ । जसमा ४२ जात हाइब्रिडका छन् ।

नेपालमा अघिल्लो वर्षको तुलनामा ०.२६ प्रतिशतका दरले धानखेती वृद्धि भएपनि उत्पादन भने ८.०४ प्रतिशतले घटेको छ । क्षेत्रफल बढे पनि उत्पादन घट्नुमा किसानलाई समयमा रासायनिक मल, बीउ तथा सिंचाइ सुविधा सहज नहुनु, युवा जनशक्ति खेती गर्नबाट पलायन हुनु आदि कारणले धानको उत्पादनमा गिरावट आएको हो । नेपाल कृषिप्रधान देश हो । हाल ६२ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ।

आजभन्दा ठीक ५४ वर्ष पहिले अर्थात्    विसं २०२५ मा झन्डै ९३ प्रतिशत जनता कृषि पेशामा संलग्न थिए । ५४ वर्षपछि कृषि पेशामा लाग्ने जनसङ्ख्या ३१ प्रतिशतले घटेको छ ।

सरकारले धान उत्पादन वृद्धिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धानबालीका लागि पकेट, ब्लक, जोन तथा सुपर जोन जस्ता विशिष्टकृत उत्पादन क्षेत्र निर्धारण गरी त्यस्ता उत्पादन क्षेत्रमा धानबालीको व्यवसायीकरण यान्त्रिकीकरण तथा औद्योगिकीकरणलाई प्रवद्र्धन गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here