कुम्लो बोकी ठिमीतिर

0

भोजपुरीमा एउटा उखान छ–भइल लैका मरमर जाये, ढिंडले ओझाई’ अर्थात् जन्मेको सन्तान मरणासन्न छ, तर गर्भस्थलाई स्वस्थ राख्न उपचार । झन्डै यही अवस्था नेपालको छ । नेपालमा नभएको केही छैन । सबैथोक छ, छैन भने विवेकपूर्ण व्यवस्थापन मात्र । त्यसैले यहाँ सरकारी अस्पताल मरणासन्न छ, निजी लगानीका अस्पतालहरू भने बग्रेल्ती खुल्छन् । अस्पताल भनेको स्वयंमा सम्पूर्ण होइन, न चिकित्सकहरू नै पूर्ण हुन्छन् । ठूला शहरको नाम चलेका अस्पतालहरूमा मानिस उपचार गर्न रुचाउँछन् किनभने त्यहाँ राम्रो उपचार हुन्छ । यो कुरा निरपेक्ष सत्य होइन, सापेक्ष सत्य हो । किनकि ठूला शहरमा धेरै रोगी हुन्छन्, त्यहाँका चिकित्सकहरूले एउटै रोग विभिन्न व्यक्तिमा विभिन्न कारणले हुने र त्यसको उपचार पनि धेरै अवस्था फरकफरक हुने थाहा पाएका हुन्छन् । तर साना शहरमा त्यस्तै योग्यता भएका चिकित्सकसँग अनुभवको कमी हुन्छ, उनीहरूले त्यस्ता धेरै रोगको उपचार गरेर विभिन्न स्थितिमा त्यसको फरक विश्लेषण गर्न पाएका हुँदैनन् । त्यस अवस्थामा स्वास्थ्य उपभोक्ता तथा सरकारले पनि सरकारी अस्पतालको गुणस्तर वृद्धि गर्दै सहज सेवा दिन सक्ने हो भने सानो शहरको सरकारी अस्पतालले पनि राम्रो उपलब्धि दिन सक्छ ।

तर सरकारी अस्पतालबाट दिक्क–वाक्क भएका मानिस निजी अस्पताल खोज्दै हिंड्छन्, समाजका अगुवाहरू नयाँ निजी अस्पतालका लागि सुविधा जुटाउँदै हिंड्छन् । जबकि हामीकहाँ चिकित्सकको कमी हुन्छ । यस्ता निजी अस्पतालहरूमा  प्रायः सरकारी चिकित्सक नै ओभरटाइम काम गरिरहेका हुन्छन् वा एउटा अस्पतालका डाक्टर अन्य निजी अस्पतालहरूमा पनि पुगिरहेका हुन्छन् । यसरी थुप्रै अस्पताल खुलेकोमा शहर ‘मेडिकल हब’ बनेको भनी गर्व गर्ने चाहना राख्ने व्यक्तिहरू के बिर्सन्छन् भने उपचार अस्पतालले गर्दैन, चिकित्सकले गर्छ । एउटा सरकारी चिकित्सकले सस्तोमा सरकारी अस्पतालमा उपचार गर्छ भने त्यही चिकित्सकको निजी अस्पतालमा धेरै शुल्क तिर्नुपर्छ । कमोबेस यही अवस्था अहिले वीरगंजमा स्वास्थ्यसम्बन्धी अर्को क्ष्Fेत्र (फिजिकल फिटनेस) मा देखिइरहेको छ । अहिले यस भेगमा दर्जनौं जीम खुलेका छन् र थप खुल्ने क्रममा छन् । यद्यपि यो अस्पतालभन्दा फरक मुद्दा हो । तर समाचारमा भनिएजस्तै जीमहरू खुल्ने तर सदस्यहरू नबढ्ने समस्या अब देखिन थालेको छ । जीम वीरगंज आसपासका क्ष्Fेत्रमा जति भए पनि पुग्दैन, तर जीमको उद्देश्य पनि त पूरा हुनुप¥यो १ जीम खुल्दैछ भनेर खुशी मनाउनु उचित हो, तर महानगरपालिकाले नै सञ्चालन गरेको स्वीमिङ पुल र फिटनेस क्लब किन चलेन, त्यसले पनि त धेरै मानिसको शारीरिक सौष्ठव बढाउने आवश्यकता पूरा गर्ने थियो । हिजोसम्म चलिरहेको स्वीमिङ पुल र फिटनेस क्लब आज किन अपहेलित छ, कसैले सोध्दैन, न महानगरपालिकाले नै वास्ता गरेको छ ।

निजीस्तरमा जतिसुकै जीमहरू खुले पनि वीरगंज महानगरपालिकाले पुरानो स्वास्थ्य संस्थालाई जीवित र सक्रिय पारेर वीरगंजमा चारै दिशालाई भ्याउन सक्ने कम्तीमा चार–चारवटा स्वीमिङ पुल र फिटनेस क्लब सञ्चालन गर्नु जरूरी छ । अस्पताल रोग लागेको बेला रोगीका लागि आवश्यक पर्ने ठाउँ हो, तर फिटनेस क्लब जहिले पनि, सधैं र सबैका लागि आवश्यक ठाउँ हो । शहरलाई कंक्रिटको जङ्गल बनाउनुभन्दा हरियालीयुक्त, खेलकूद र शारीरिकरूपले तन्दुरूस्त नागरिकको वासस्थान बनाउनु जरूरी छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here