बालिका बलात्कार प्रकरणः पक्राउ परेनन् अभियुक्त

0

प्रस, वीरगंज, ८ असार/

बारा जिल्लामा एक साताअघि सार्वजनिक भएको जबरजस्ती करणीपछि गर्भपतनको घटनामा आरोपित अभियुक्तहरू हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

प्रसौनी गाउँपालिकाकी एकजना १७ वर्षीया नाबालिकाको पटक–पटक जबरजस्ती करणी एवं गर्भवती भएको थाहा पाएपछि गरिएको गर्भपतनको घटनामा चारजना अभियुक्त फरार रहेको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश दत्तका अनुसार उक्त घटनामा प्रसौनी गापा–२ (ठेगाना परिवर्तित)का २३ वर्षीय दीपक साह तेलीले विगत सात महीनादेखि ती नाबालिकासँग प्रेम सम्बन्धमा रहँदै  पटक–पटक जबरजस्ती करणी गरी गर्भवती बनाएका थिए ।

जेठ २९ गते बिहान कलैया, बरेवास्थित एउटा निजी क्लिनिकमा सहयोगी चिकित्सक ओमप्रकाश कुशवाहाको सहयोगमा ती नाबालिकाको जबरजस्ती गर्भपतन गराइएको थियो । घरमा परिवार नभएको अवस्थामा बिहानै दीपक तथा उनका २४ वर्षीय साथी सुन्दर साह तेलीले गर्भपतनको चक्की खुवाएका थिए । त्यसपछि नाबालिकालाई गोप्यरूपमा परिवारजनलाई खबर नगरीकन एमबिबिएस चिकित्सक ओमप्रकाश कुशवाहाको कलैयामा रहेको निजी क्लिनिकमा लगेर राति ८ बजे गर्भपतन गराएका थिए ।

पछि परिवारजनले थाहा पाएपछि उनीहरू अस्पताल पुगेका थिए र प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको थियो । यो घटनामा ती नाबालिकाको एकजना भाउजू पर्ने सोनी देवीले पनि भिडियो एक्स–रे गराएर गर्भवती रहेको आरोपित दीपकलाई जानकारी गराउँदा उनको पनि संलग्नता रहेको देखिएको छ । अहिले घटनामा संलग्न देखिएका दीपक, श्यामसुन्दर, डा ओमप्रकाश र सोनी देवी चारैजना फरार छन् ।

बारा प्रहरीले जबरजस्ती करणी तथा गर्भपतनमा मुद्दा दायर गरी घटनाको अनुसन्धान गरिरहेको छ भने फरार अभियुक्तहरूको खोजी भइरहेको जनाएको छ । पीडित नाबालिकाका अनुसार शुरूमा मायाप्रेममा पारेर बिहे गर्ने आश्वासन दिए तापनि गर्भवती भएको थाहा पाएपछि दीपक गर्भ तुहाउन दबाब दिंदै आएका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here