पर्सागढीमा पर्यटकीय पार्क निर्माणको लागि निरीक्षण

0

बलिराम शुक्ला, बिरुवागुठी, ८ असार/

मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयको योजना अन्तर्गत बुधवार पर्सागढी नगरपालिका वडा नं ३ मा पर्यटकीय पार्क निर्माणको लागि स्थलगत निरीक्षण गरिएको छ ।

बडनिहार बजारदेखि पूर्वमा रहेको राष्ट्रिय वनको जग्गामा पार्क निर्माणको लागि प्रदेशसभा सदस्य राजेश्वरप्रसाद  साह, डिभिजन वन कार्यालय, पर्साका प्रमुख सुवासचन्द्र दास, निमित्त प्रमुख फरमान मियाँ, सबैया साझेदारीका अध्यक्ष लखनलाल साह, पर्सागढी नगरपालिका वडा नं ३ का अध्यक्ष सुकमान तामाङलगायतले पार्कको लागि स्थलगत निरीक्षण गरेका हुन् ।

स्थलगत निरीक्षण गर्दै डिवका, पर्साका प्रमुख दासले पर्यटकीय पार्क निर्माणको लागि प्रदेश वन मन्त्रालयको योजना कार्यक्रम अन्तर्गत आएको बजेटबाट वनको संरचना नबिग्रिने गरी पहिलो चरणमा जग्गामा तारबार गरिने र पार्क निर्माणको लागि वन मन्त्रालयको स्वीकृति लिनुपर्ने उनले सुझाव दिए ।

यसैगरी, प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले यो वन क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको कारण त्यसलाई जोगाउँदै पर्यटकीय पार्क निर्माणको लागि आफू लागिपरेको र प्रदेशको वन मन्त्रालय अन्तर्गत पहिलो चरणको लागि पर्यटकीय पार्क निर्माणको लागि आफ्नो पहलमा २० लाख रकम विनियोजित गराएको बताए ।

पर्सागढीमा पर्यटकीय पार्कको काम हुने भएपछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here