नापी कार्यालयबाट बिचौलिया पाण्डे पक्राउ

0

प्रस, वीरगंज, ७ असार/

नापी शाखा कार्यालय, वीरगंजका बिचौलिया मुर्ली निवासी पाण्डेजी भन्ने दिनेश पाण्डेलाई पर्सा प्रहरीले मङ्गलवार एक लाख २५ हजार घूससहित पक्राउ गरेको छ ।

वीरगंज–१५ लक्ष्मणवा निवासी राजनारायण झाको जग्गालाई नयाँ नापी अनुसारको जग्गा पुर्जा तथा नक्शासहित कित्ताकाट गरिदिने भन्दै झासँग सो बराबरको रकम एभरेस्ट बैंकमा लिइरहेको अवस्थामा वडा प्रहरी कार्यालय, बिर्ताले पक्राउ गरेको थियो ।

पक्राउ परेका पाण्डे नापी कार्यालयमा विगत लामो समयदेखि बिचौलियाको काम गर्दै आएका थिए । झालाई आफ्नै जग्गाको पुर्जा बनाउन विगत लामो समयदेखि हैरान पार्दै आएपछि उनले प्रहरीलाई घटनाबारे जानकारी दिएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेविरुद्ध ठगी मुद्दा चलाउने प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । स्रोतका अनुसार पाण्डे नापी कार्यालयको माफियाको रूपमा लामो समयदेखि काम गर्दै आएका थिए । सरकारी पोशाकमा जहिले पनि कार्यालयमा जाने, कार्यालय प्रमुखदेखि पियनसम्मलाई पाण्डेले आफ्नो प्रभावमा पारेका थिए । पाण्डेको आदेशबेगर कार्यालय प्रमुख वा अमिनसम्म कसैले सहीछाप गर्दैनन्, त्यहाँका कर्मचारीको भनाइ छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here