महिला क्रिकेटः नेपाल हड्कङसँग पराजित

0

काठमाडौं, ७ असार

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनशिपमा नेपाल हड्कङसँग पराजित भएको छ । मलेशियाको किनरारा ओभल क्रिकेट मैदानमा मङ्गलवार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हड्कङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हड्कङले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

हड्कङको हिलले सर्वाधिक ४५ रनको योगदान दिइन् भने नताशा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन जोडे । बलिङमा नेपालकी सङ्गीता राईले दुर्ई तथा सीता मगरले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित रहँदै ३२ रनको योगदान दिइन् भने अप्सरी बेगमले अविजित २२ रन बनाइन् ।

त्यसैगरी, बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ तथा इन्दु वर्मा शून्य रनमा आउट भए ।

हड्कङको बेट्टी चानले दुर्ई तथा मरियम बिबी र एलिसा हब्बार्डले समान एकरएक विकेट झारे । समूह ‘बी’मा रहेको नेपाल तीन खेलमा छ अङ्क जोड्दै प्रतियोगितामा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । उक्त च्याम्पियनशिपको फाइनलमा पुग्ने दुर्ई टोली महिला टी–ट्वान्टी एशिया कप क्रिकेटमा छनोट हुनेछन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here