भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु

0

गुवाहाटी, भारत, ७ असार/एएफपी

भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमवार जनाएका छन् । भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रूपमा रहेको छ ।  भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीनजनाको मृत्यु भएको छ भने बाढीमा डुबेर छजनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

पूर्वी राज्य बिहारमा आँधीका कारण चट्याङ लागेर कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापनमन्त्री रेणुदेवीले जानकारी दिइन् । आसाम लगातार बाढीको चपेटामा परेको छ । राज्यका ३३ जिल्लाका ५ हजार १४० गाउँ पानीमा डुबेका छन् । एक लाखभन्दा बढी गाउँले राहत–आश्रयमा शरण लिएका छन् । राज्य पहिलोपटक अप्रिलमा प्रभावित भएको थियो ।  हाल पुनः वर्षाको कारण आएको बाढीमा परी ४४ जनाको मृत्यु भएको छ ।

छिमेकी मेघालय राज्यमा पहिरो र बगेको खोलाले सडक डुबेपछि गत बिहीवारदेखि कम्तिमा १६ जनाको मृत्यु भएको छ । मनसुनी आँधीले बङ्गलादेशमा विनाशकारी बाढी फैलाएको छ । लाखौं अलपत्र परेका र दर्जनौंको मृत्यु भएको छ । सोमवार बाढीको पानी सिलहटको उत्तरपूर्वी जिल्लाबाट बिस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि लाखौं अझै पनि बेवारिसे भएका जिल्लाका मुख्य प्रशासक मोशर्रफ हुसेनले बताएका छन् ।

आश्रयस्थल प्रभावित मानिसहरूले भरिएका छन् । त्यहाँ खाना र पिउने पानीको ठूलो सङ्कट छ । धेरै घर फर्कन डराएका छन् भने धेरैले बाढीको पानीमा आफ्नो घर गुमाएका छन्”–उनले एएफपीलाई बताए । जमालपुर जिल्लामा एउटी आठ वर्षीया बालिका डुबानमा परेको घरको आँगनबाट बगेकी थिइन् र पछि मृत फेला परेकी प्रहरी अधिकारी अमिनुल इस्लामले एएफपीलाई बताए ।

दक्षिणपूर्वी चटगावँ र पहाडी जिल्लाहरूमा पनि भारी वर्षा जारी छ, जसले बन्दरगाह शहर जलमग्न छ र पहिरोको जोखिम बढेको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here