प्रस, वीरगंज, ६ असार/
भारतीय महावाणिज्य दूतावास, वीरगंजले सोमवार अन्तर्राष्ट्रिय योग महोत्सवको आयोजना गरेको छ। ‘मानवता र शान्तिका लागि योग’ नाराका साथ आदर्शनगर रङ्गशालामा योग महोत्सवको आयोजना गरिएको थियो।
महोत्सवको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, महावाणिज्यदूत नितेश कुमार, वाणिज्यदूत शशिभूषण कुमारले संयुक्तरूपमा गरेका थिए।
कार्यक्रममा वक्ताहरूले स्वास्थ्य र शान्तिको लागि नियमित योग गर्नुपर्ने बताएका थिए। कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका वीरगंजका विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
महोत्सवमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद, डा नीरजकुमार सिंहलगायतको सहभागिता थियो।
वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका