आगामी छठसम्म श्रीसिया नदी निर्मल हुन्छ –नगरप्रमुख सिंह

0

प्रस, वीरगंज, ६ असार/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आगामी असोज–कात्तिकसम्म श्रीसिया नदीमा सफा र स्वच्छ पानी बग्ने बताएका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन्।

विभिन्न सरोकारवाला निकाय र वीरगंजवासीको दबाब तथा भावना अनुसार आफूले पनि श्रीसिया नदी सफा गर्ने अभियानमा लागेको उनले बताए। जीतपुरसिमरा उपमहानगरपालिकाको रामवन झाडीबाट बग्ने श्रीसिया खोला जीतपुर, नितनपुर, परवानीपुर, लालपर्सा, भवानीपुर, रामगढवा, रानीघाट, छपकैया हुँदै भारततर्फ बग्ने गर्छ। यो खोलामा करीब एक दर्जनभन्दा बढी उद्योगले प्रदूषित पानी उत्सर्जन गर्ने गरेकाले खोला प्रदूषित र दुर्गन्धित भएको हो। ती उद्योगहरूले वाटर ट्रिटमेन्ट प्लान्ट बनाउने भनी उद्योग विभागसँग सम्झौतासमेत गरेकामा सो अनुसार काम उद्योगहरूले नगर्दा एवं उद्योग विभागले नियमित अनुगमन नगर्दा श्रीसिया नदीको यस्तो दुरवस्था देखिएको नगरप्रमुख सिंहको भनाइ छ। उनले आगामी छठसम्म जीतपुरसिमरा उपमनपा, वीरगंज मनपा, विभिन्न राजनीतिक दलका अगुवा, उद्योगी, व्यवसायी, पर्सा–बाराका सुरक्षा प्रमुखसँग छलफल गरी खोलामा प्रदूषित पानी विसर्जन नगर्ने वातावरण बनाउनेतर्फ छलफल जारी राखेको र तीन/चार महीनामैं यी सबै प्रक्रिया पूरा गरी श्रीसिया नदीलाई सफा बनाउने लक्ष्य लिएको उनले बताए।

श्रीसिया नदी सफाइका लागि विभिन्न निकायमा ज्ञापनपत्र

वर्षौंदेखि प्रदूषित/दुर्गन्धित बनेर बगिरहेको वीरगंज–पथलैया औद्योगिक कोरिडोरको श्रीसिया नदीलाई स्वच्छ बनाउन सरोकारवाला निकाय सक्रिय भएको छ।

श्रीसिया नदी बचाउ अभियानले सोमवार जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगंज उद्योग वाणिज्य सङ्घ, तथा वीरगंज महानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै श्रीसिया नदीलाई बचाउन प्रदूषित पानीमा प्रतिबन्ध लगाउने मागसहित ज्ञापनपत्र बुझाएको अभियानका संयोजक सुरेन्द्र कुर्मीले बताए।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र वीरगंज उद्योग वाणिज्य सङ्घका सचिव

आशिष लाठलाई ज्ञापनपत्र बुझाएको अभियानका सदस्य ओमप्रकाश सर्राफले बताए। उनले विगतदेखि अहिलेसम्म विभिन्न विरोध प्रदर्शन, रिले अनशन एवं दबाबमूलक अभियान गर्दै आएको अभियानले स्थानीय निकाय, सरकार

र प्रशासनबीच समन्वयको कमीले श्रीसिया नदीको यस्तो दुरवस्था भएको बताए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here