राजदेवी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

0

प्रस, रौतहट, ६ असार/

राजदेवी नगरपालिकाको आठौं नगरसभा सोमवार सम्पन्न भएको छ। राजदेवी नगरपालिकाका प्रमुख भिखारीराय यादवको अध्यक्षतामा आज राजदेवी मन्दिरको प्राङ्गणमा नगरसभा सम्पन्न भएको हो। नगरसभाका प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नागेन्द्रराय यादवले राजदेवी नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउन आग्रह गरे। स्थानीय तहको निर्वाचन २०७९ मा २०७४ मा निर्वाचित भएका अधिकांश जनप्रतिनिधि पराजित भएकाले राम्ररी काम गर्न उनले सुझाव दिए। राजदेवी मन्दिर विश्वसम्पदा सूचीमा रहे पनि मर्मतसम्भार र संरक्षणको अभावमा दर्शनार्थीहरूलाई खल्लो लाग्ने गरेको गुनासो उनले पोखे। आफू मन्त्री हुँदा रौतहटका लागि योजनाहरू माग गर्न स्थानीय निकाय गम्भीर नभए पनि राजदेवी नगरपालिकाले छवटा योजना माग गरेको बताए। सो योजनाहरू स्वीकृत गराउन पहल गर्ने उनले प्रतिबद्धता जनाए। कार्यक्रममा उपप्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत सुबोध साहलगायतले मन्तव्य दिएका थिए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here