विद्यार्थीलाई छात्रवृत्ति वितरण

0

प्रस, पंचगावाँ, ६ असार/

पटेर्वासुगौली गाउँपालिकाको सहयोगमा वडा नं ३ स्थित गादीमाई आधारभूत विद्यालय पश्चिम देकुलीमा सोमवार छात्रवृत्ति वितरण गरिएको छ।

विद्यालयमा अध्यनरत बालविकासदेखि कक्षा पाँचसम्मका १३० जना छात्रछात्रालाई छात्रवृत्ति र पोशाक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नीलम देवीले बताइन्। उनले विद्यालयमा बालबालिकाहरू नियमितरूपमा पढ्न आउनको लागि छात्रवृत्ति वितरण गरिएको बताइन्।

कार्यक्रममा वडाध्यक्ष माधवराउत थारूले यस शैक्षिक सत्रदेखि विद्यालयको सबै सेवा पारदर्शी गरिने बताए। वडासदस्य हैदर अन्सारीले विद्यालयमा खानेपानी धारा आवश्यक रहेको बताए। प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले स्थानीयस्तरमा शिक्षाको गुणस्तर सुधार्न शिक्षक, कर्मचारी, अभिभावक सबैको जिम्मेवारी रहेको बताए।

कार्यक्रममा पालिका शिक्षा शाखा प्रमुख शम्भु साह, जिन्सी शाखा प्रमुख रामबाबू रायलगायतको सहभागिता थियो।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here