नेपालले बहराइनलाई हरायो

0

काठमाडौं, ६ असार/रासस

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनशिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेशियाको किनरारा ओभल क्रिकेट मैदानमा सोमवार भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा पुगेको हो। प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत दर्ता गराएको छ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले तीन दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा ग–यो। नेपालका लागि सीता रानामगरले चार रन जोडिन् भने कविता कुँवरले अविजित तीन रन बनाइन्। बहराइनकी पभिथ्र सेठ्ठी र भिल्सिटा बार्बाेजाले एक/एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित सात ओभरमा छ विकेट गुमाएर १४ रन बनाएको थियो। वर्षाको कारण खेल सात ओभरमा झारिएको थियो। बहराइनकी इशारा सुहुनले छ रन जोडिन्। कप्तान दीपिका रासङ्गिका र थरङ्गाले दुई/दुई रन जोए।

नेपालकी कविता कुँवर र सबनम राईले दुई/दुई विकेट लिए भने अश्मिना कर्माचार्यले एक विकेट झारिन्। समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ। नेपालले तीन खेलमा छ अङ्क जोडेको छ। नेपालले भोलि हड्ढङसँग खेल्नेछ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here