होचोको मुखमा घोचो

0

भारतले फेरि नेपालमाथि आरोप लगाउँदै मूल मुद्दाबाट पछि हट्ने काम गरेको छ। नेपाल–भारतबीच जतिसुकै घनिष्ठ सम्बन्ध रहे तापनि सरकार–सरकारबीच भने जहिले पनि जुहारी नै चल्ने गर्दछ। यसपटक पनि त्यही भयो। काठमाडौंमा आयोजित नेपाल–भारत सहसचिवस्तरीय सीमा व्यवस्थापनसम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले एक देशमा अपराध गरी अर्को देशमा लुक्ने, हतियारको अवैध ओसारपसार, आतङ्कवादी गतिविधि, लागू औषध, जाली नोटको कारोबार, सुन तस्करी, भन्सार छलीलगायत विभिन्न विषय उठाएपछि भारतीय पक्ष्Fले सबैको जवाफ एउटै आरोप लगाएर दिएको छ–नेपालका मदरसाहरूमा पाकिस्तानी तथा अफगानीस्तानी आतङ्कवादीको घुसपैठ छ। यद्यपि नेपालले आतङ्कवादीको कुनै जात, धर्म नहुने र सरकार यस्ता गतिविधि रोक्न सक्ष्Fम रहेको बताए पनि यसै कुरालाई अत्तो थापेर भारतीय पक्ष्Fले वार्तालाई टुङ्ग्यायो। दुई छिमेकी मुलुकबीच यस्तो समस्या आइरहन्छ, विश्वको जुन पनि छिमेकी मुलुकहरूबीच यस्ता गुनासा भइरहेका हुन्छन्, तर त्यति मात्रले वार्ताको मूल विषयलाई पन्छाइँदैन।

निर्धारित समयमा भइरहनुपर्ने यो बैठक छ वर्षपछि बसेको थियो। बैठकमा खासगरी सीमा सुरक्षा, सीमा व्यवस्थापन र सीमापार अपराध रोकथाम–नियन्त्रण एवं सीमाबाट हुने घुसपैठबारे छलफल हुनुपर्ने थियो। भारतको गुनासो जायज हुन सक्दछ। किनकि नेपाल–भारतबीच खुला सीमा रहेको र यस भेगका नेपाली, भारतीय, पाकिस्तानी, अफगानिस्तानी, बङ्गलादेशीहरूको वेशभूषा र जैविक बनोट प्रायः एकैनासको हुने हुँदा को कहाँको हो, भन्न विशेष सोधखोज नै गर्नुपर्छ। कहीं कतै केही भएको हुन सक्दछ, त्यसबारे भारतीय पक्ष्Fलाई जानकारी छ भने नेपालसँग सहकार्य गरेर वा नेपाललाई जानकारी दिएर कारबाई गराउन सकिन्छ। किनकि यस्तो कुनै पनि गतिविधि नेपालमा कहीं भइरहेको छ भने त्यो कुनै पनि जात वा धर्मका नेपालीका लागि सह्य हुने कुरै हुँदैन। यहाँसम्म कि नेपालका मुसलमान पनि भारतप्रति सहृदयी नै छन्। तर यी सब कुराको वास्ता नगरेर भारतीय पक्ष्Fले जहिले पनि यस्ता आरोपहरू लगाउने गरेको छ। भारतीय राजदूतावासको निमन्त्रणमा म स्वयं दुईपटक भारत गएको छु र त्यहाँ यो कुरा उठाउने गरेको पाएको छु। एक किसिमले पूर्वाग्रही भएर, नेपालीहरूको मुखबाट पनि उनीहरू यस आरोपको समर्थन खोजेजस्तै कुरा गर्दछन्।

खासमा भारत नेपालमा आफ्नो हैकम चलाउन खोज्छ। नेपालको सानोभन्दा सानो कमजोरी देखाएर हेप्न खोज्छ। यतिसम्म दबाबमा राख्न खोज्छ कि नेपाल त्वम् शरणम् भन्दै भारतको पोल्टामा खसोस्। नेपालका स्वार्थी सत्ताधारीहरूको कमजारीले गर्दा भारतले नेपाललाई आफ्नो छातामुनि ल्याउने प्रयास निरन्तर गरिरहेको देखिन्छ। एक ताका खूबै रन्को देखाएर भारतले १९५० को सन्धिमाथि पुनर्विचार गर्न दुवै देशको सम्मतिमा संयुक्त समिति पनि बनायो। समितिले प्रतिवेदन बुझाएको वर्षौं बितिसकेको छ तर भारतले सो प्रतिवेदन आजसम्म बुझेकै पनि छैन। भारतको सोच थियो होला, सन्धि पुनर्विचारले नेपाललाई तकलिफ होला, प्रतिवेदन पूर्णतः उसको पक्षमा आउला, त्यसो भएन र भारतले कुनै चासो दिएन। यस्तो नहोस्, नेपाल भारतप्रति पूर्ण मैत्रीपूर्ण छ र नेपाली जनता कदापि भारतविरोधी हुन सक्दैन भन्ने विश्वास भएर पनि अविश्वास देखाउने भारतीय हठ सदाको लागि सेलाओस्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here