पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा पनि कायम रह्ने –डा महत

0

प्रस, वीरगंज, ५ असार/

विशेष परिस्तिथिमा बनेको पाँच दलीय गठबन्धन सङ्घ तथा प्रदेशको निर्वाचनमा संयुक्त पैनल उठाउने तयारी भइरहेको नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले बताएका छन् ।

प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले ओलीले पटक–पटक संविधानविपरीत काम गरेकाले पाँच दलीय गठबन्धनको भएको र आगामी निर्वाचनमा अझ गठबन्धन बलियो तरीकाले अगाडि बढ्ने बताए । गठबन्धनभित्र रहेका दलहरूमा अनुशासनको कमी रहेको र सुधार गर्नु अहिले आवश्यकता रहेको महतको भनाइ थियो । अहिलेको परिवेशमा ४० प्रतिशतभन्दा बढी समानुपातिक सिट कुनै दलले ल्याउने अवस्था नरहेकोले पुनः गठबन्धनको अवाश्यकता रहेको बताए ।

एसपिपी सैन्य गठबन्धन होइन तर सैन्य गतिविधि हुन नदिनका लागि दल तथा जनता सजक हुन जरुरी रहेको बताए ।

ओली सरकारको पालामा नै एसपिपी सम्झौता भएको तर अहिले आएर गठबन्धन सरकारविरुद्धमा सडक तताउने योजनालाई असफल बनाउन नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूलाई  निर्देशन दिइएको छ ।

एसपिपीले नेपालीलाई केही असर नपर्ने तर यसको नाममा केही दलहरूले बखेडा बनाउनु गलत परिपाटी भएको बताए । देशमा यस वर्ष हैन विगत लामो समयदेखि मलको हाहाकार आफूले सुनेको तर यसमा सरकार तथा कर्मचारी दोषी रहेको औंल्याएका थिए । विभागीय मन्त्रीको कमीकमजोरीका कारण देशमा मल, बीउको बर्सेनि हाहाकार हुनु गलत विषय भएको बताए ।

प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायणप्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष जनाद्र्धन सिंह क्षत्री, उपाध्यक्ष रामनारायण कुर्मी, श्याम पोखरेल, रमेश पाण्डेलगायतको सहभागिता थियो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here