भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु

0

नयाँ दिल्ली, ५ असार/सिन्ह्वा

भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । आसाम र मेघालयमा शुक्रवारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर–पश्चिमी यी दुई राज्यमा आइतवार पनि वर्षा जारी छ ।

आसामको विपद् व्यवस्थापन विभागका अनुसार आसाममा शुक्रवादेखि निरन्तर वर्षा जारी छ । आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौं जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिवारसम्म १९ जनाको ज्यान गएको बताइएको छ । यी जिल्लाहरूमा शनिवार रातिसम्म वर्षा जारी रहेको बताइएको छ । मौसम विभागले बाढीको प्रकोप रहेकोले सतर्क रहन सूचना जारी गरेको छ । रासस

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here