पारिवारिक जीवन शिक्षामा घरको भूमिका

0
  • अनन्तकुमार लाल दास

मानिस एउटा सामाजिक प्राणी हो । समाजको पहिलो एकाइ परिवार हो । समाजको अभावमा मानिसको विकास सम्भव छैन भने विकासको लागि शिक्षा आवश्यक हुन्छ । यस कारण शिक्षा भविष्यको खुडकिलो हो । शिक्षा हरेक मानिस र परिवारको लागि वर्तमानमा नभइ नहुने तŒव हो । शिक्षा मानिसलाई असल, विवेकशील र आय आर्जन गर्ने योग्य बनाउँछ । यसले व्यक्ति र परिवारको जीवन स्तरमा सुधार गर्न सहयोग गर्छ । शैक्षिक विकासको पहिलो अवस्था घरबाट प्रारम्भ हुन्छ । विश्वका करीब सबै समाजमा भिन्न–भिन्न प्रकारको परिवार पाइन्छ । यिनीहरूको काम प्रायः समान हुन्छ, तर देश र त्यहाँको संस्कृतिको आधारमा उनीहरूले गर्ने कार्यमा केही भिन्नता हुन्छ । सामान्य भाषामा परिवारको अर्थ आमाबुवा, लोग्नेस्वास्नी, छोराछोरी हुन्छ । पेस्टालाजीले भनेको छ–“घर शिक्षाको सर्वोत्तम र बालबालिकाहरूको पहिलो विद्यालय हो ।” यसैगरी फ्राबेलले–“आमा आदर्श शिक्षिका हुन्छन् र घरबाट दिइने अनौपचारिक शिक्षा सबैभन्दा बढी प्रभावशाली र स्वाभाविक हुन्छ”– भनेका छन् ।

जब हामी घरबाट दिइने शिक्षाको कुरा गर्छौं, के प्रश्न उठ्नु स्वाभाविक हुन्छ भने घरमा यो जिम्मेवारी कसको हो ? के पढाउनुपर्छ ? कहिले र कसरी पढाउने ? यी सामान्य प्रश्न हुन् जो प्रायः अभिभावक, शिक्षक र शिक्षासँग जोडिएका अन्य व्यक्तिहरूको मस्तिष्कमा उठ्ने गर्छ । यस सम्बन्धमा अभिभावकको दृष्टिकोणको कुरा गर्दा प्रायः बुवाहरूले केटाकेटीहरूलाई शिक्षित गर्ने कार्य आमाको हुन्छ भन्ने गरेका छन् भने आमाहरूको अनुभवमा यो कार्य शिक्षकहरूले नै राम्ररी गर्न सक्छन् । त्यहीं शिक्षकहरूले यो काम विशेषज्ञहरू अर्थात् विद्यालयका प्रधानाध्यापक वा संस्थापकको हो भन्ने धारणा राखेका हुन्छन् । अर्थात् प्रत्येक पक्ष आफ्नो जिम्मेवारी अरूमाथि थोपर्न चाहन्छ । तर सत्य के हो भने यो घर र विद्यालयसँग सम्बन्धित सबैको जिम्मेवारी  हो ।

पारिवारिक जीवन शिक्षामा घरको भूमिका

पारिवारिक जीवनबारे बुझ्न र केटाकेटीहरूलाई शिक्षित गर्न घर एउटा आदर्श ठाउँ हो किनभने आमाबुवा र केटाकेटीहरूबीच वर्षौंसम्म सम्बन्ध गाँसिएको हुन्छ । यो सम्बन्ध दृष्टिकोण विकसित गर्न र जानकारी बढाउन महŒवपूर्ण हुन्छ । ठूलो भएपछि कुनै मानिस कसरी कार्य गर्छ भन्ने कुरा उसले बाल्यकालमा प्राप्त गरेको शिक्षा र अनुभवबाट सिक्दछ । बाल्यकालमा विकसित भएको दृष्टिकोणले नै भविष्यमा प्रभाव पार्छ । यस कारण परिवारले केटाकेटीहरूको भौतिक, भावनात्मक, बौद्धिक, सामाजिक र आध्यात्मिक विकासको लागि चाहिने शिक्षा दिने जिम्मेवारी लिनुपर्छ । यो पारिवारिक जीवनको प्रारम्भिक सफलताको आधार हो ।

शिक्षकको रूपमा आमाबुवा

केटाकेटीहरूका लागि घर भनेको विद्यालयको पनि विद्यालय हो । आमाबुवा उनका सर्वश्रेष्ठ शिक्षक हुन् । आमाबुवाप्रति केटाकेटीहरूको लगावले उनीहरूको व्यक्तित्वलाई प्रभावित गर्छ । अर्थात् कुनै पनि वयस्क व्यक्तिको व्यक्तित्व बाल्यकालको अनुभवबाट प्रभावित हुने कुरा प्रस्ट छ । जानलाकको शब्दमा–“कुनै पनि केटा वा केटीको मस्तिष्क ‘तबूला रासा’ अर्थात् सफा स्लेट जस्तै हुन्छ जसमा आमाबुवाले जे पनि लेख्न सक्छन् ।” परिवारसम्बन्धी सम्पूर्ण ज्ञान केटाकेटीहरूले प्रारम्भिक अनुभवबाट नै हासिल गर्छन् । एउटा केटा वा केटीलाई जस्तो प्रशिक्षण आवश्यक हुन्छ त्यो उनीहरूले घरबाट नै हासिल गर्छन् । घरमा नै उनीहरूलाई जीवनको आरोह–अवरोह जान्ने अवसर प्राप्त हुन्छ । यस कारण घर नै सबैभन्दा पहिलो सामाजिक निकाय हो ।

परिवारमा प्रचलित मापदण्ड र नैतिक मूल्यले भविष्यमा पथप्रदर्शकको कार्य गर्छ । अभिभावकले प्रस्तुत गरेको उदाहरण जस्तै सामाजिक न्यायप्रियताको गुण, सबै जाति र वर्गप्रति उदार भावना, त्याग र अरूलाई सहयोग गर्ने बानीजस्ता गुण केटाकेटीहरूलाई आफ्नो परिवार विकसित गर्न काम लाग्छ ।

चरित्र निर्माणमा घरको भूमिका

कुनै पनि परिवारको सफलता लानेग्नेस्वास्नीको चरित्रमाथि निर्भर हुन्छ । घरका सदस्यहरूको चरित्र निर्माणमा घरको भूमिका अहम् भूमिका हुन्छ । सफलता वा असफलता, राम्रो वा नराम्रो, सुख वा दुःख आदि बुद्धिभन्दा बढी चरित्रबाट प्रभावित र त्यसमाथि निर्भर हुन्छ । चरित्रवान् मानिसमाथि भरोसा र विश्वास गर्न सकिन्छ । आधुनिक युगमा जीवनको हरेक क्षेत्रमा कुशल नेतृत्वको अभाव रहेको छ । यसको प्रमुख कारण घरको गल्ती हो । घरमा आमाबुवाको जिम्मेवारी सन्तानलाई सर्वत्र स्वीकार्य केटाकेटी वा किशोर मात्र बनाउने, हरेक क्रियाकलापमा सहभागी गराउने र समन्वयकारी भूमिका निर्वाह गर्ने लोग्नेस्वास्नी बनाउने वा भविष्यमा राम्रो आमाबुवा बन्ने प्रशिक्षण दिने किनभने राम्रो आचरणले नै राम्रो मानिस तयार हुन्छ । यदि आमाबुवाको जीवन व्यवस्थित छ भने सन्तानको पनि पारिवारिक जीवन खुशहाल हुन्छ ।

वैवाहिक जीवनसम्बन्धी शिक्षा

सबैखाले शिक्षाको लागि घर प्रारम्भिक बिन्दु भएकोले सन्तानको एउटा केटा वा केटी, लोग्ने वा स्वास्नी वा आमाबुवाको रूपमा जुन छवि निर्माण हुन्छ, त्यो घरको सामाजिक र भावनात्मक वातावरण अनुसार नै हुन्छ । सन्तानलाई पारिवारिक जीवनको राम्रो कुरा र कमीकमजोरीको ज्ञान आफ्नो आमाबुवाबाट हासिल हुन्छ । माया गर्ने र माया पाउने सीप परिवारबाट थाहा हुन्छ । केटीहरू जहाँ घरलाई सुखी र समृद्ध बनाउने कला सिक्छन् त्यहीं केटाहरू पुरुषोचित दक्षता हासिल गर्छन् । केटाकेटीहरूलाई वैवाहिक जीवनको लागि तयार गर्ने जिम्मेवारी आमाबुवाको हुन्छ । यसबाट उनीहरूलाई आफ्नो पारिवारिक जीवनको लागि तयार हुन सहयोग पुग्छ ।

घर र व्यक्तित्व निर्माण

राम्रो व्यक्तित्व आमाबुवाद्वारा प्रदान गरिने एउटा बहुमूल्य र सर्वोत्तम उपहार हो । व्यक्तित्व विकासको लागि सन्तोषप्रद पारिवारिक जीवन केटाकेटीहरूको लागि उपलब्ध हुनुपर्छ । यस्तो घर जहाँ आमाबुवा एकअर्काको सुखदुःखमा साथ दिन्छन्, साथी र रिश्तेदारबीच हरेक क्रियाकलापमा केटाकेटीहरू पनि सामेल हुन्छन्, जहाँ सधैं शान्ति र खुशीको माहौल हुन्छ, त्यस घरका केटाकेटी आत्मविश्वासले भरिएका, व्यवस्थित र सामाजिकरूपले सबल हुन्छन् । यस्ता केटाकेटी सबैसँग राम्रो सम्बन्ध बनाउँदा व्यक्तिगत क्षमता र जिम्मेवारी राम्ररी वहन राम्ररी गर्छन् । आमाबुवा जो एकअर्काप्रति समर्पित छन् उनीहरू आफ्नो सन्तानलाई सुरक्षाको भावना दिन्छन् । यस प्रकारको अनुभव पुस्तक वा विद्यालयको शिक्षाबाट हासिल हुँदैन । एउटा शोधले के देखाएको छ भने राम्रो र नराम्रो प्रवृत्ति सन्तानलाई आमाबुवाबाट उत्तराधिकारमा हासिल हुन्छ । यस्ता प्रवृत्तिहरूले नै पछि हाम्रो व्यवहार वा बानीको रूप ग्रहण गर्छन् । यो त्यस वातावरणको प्रतिफल हो जसमा हामी हुर्किन्छौं । रूखको हाँगा जतातिर झुक्छ रूख पनि त्यसतर्फ नै झुक्छ ।

घरमा दिइने शिक्षाका चुनौतीहरू

दुर्भाग्यवश सबै घरको वातावरण एकनासको हुँदैन । यस कारण पारिवारिक जीवन शिक्षाका कैयन चुनौतीहरू पनि छन् ।

आमाबुवाको असफलता ः हिजोआज अधिकांश परिवारमा एक वा दुईमात्र सन्तान हुन्छ । यस कारण आमाबुवाले उनीहरूलाई कुनै पनि प्रकारको सानो वा ठूलो कठिनाईको सामना गर्न दिंदैनन् । अत्यधिक सुरक्षा र अति महŒवाकाङ प्रबल हुन्छ जसले गर्दा भविष्यमा हुने सामान्य समस्या पनि झेल्न त्यस्तालाई गा¥हो हुन्छ ।

आमाबुवा बढी आशावादी हुनु ः

आधुनिककालमा आमाबुवाले आफ्नो सन्तानसँग बढी अपेक्षा राखेका हुन्छन् । वर्तमान शिक्षा पद्धति पनि बढी प्रतिस्पर्धात्मक छ । जुन केटा वा केटी आमाबुवाको अपेक्षौ पूरा गर्न असमर्थ हुन्छन् उनीहरूलाई कैयन प्रकारको व्यवहारजन्य समस्याको सामना गर्नुपर्छ । यसबाट उनीहरूको पारिवारिक जीवन प्रभावित हुन्छ ।

उपेक्षित केटाकेटीहरू ः

जुन आमाबुवाले आफ्नो सन्तानमाथि राम्ररी ध्यान दिंदैनन्, उनीहरू अप्रत्यक्षरूपले आफ्नो सन्तानको उपेक्षा गरिराखेका हुन्छन् । कामकाजी आमा सन्तानको साटो अफिसलाई प्राथमिकता दिन्छन् । यस्ता आमाबुवालाई सन्तानले अस्वीकार्य अभिभावकको रूपमा गन्ती गर्छन् । यस प्रकारको उपेक्षाको परिणाम के हुन्छ भने अभिभावकको ध्यान आफूतिर आकर्षित गर्न उनीहरू घर वा बाहिरका अन्य सदस्यहरूप्रति इष्र्या, कुण्ठा, चिन्ता वा अरूमाथि बढी निर्भरताले ग्रस्त हुन्छन् । यस्ता केटाकेटीहरू आफ्नो पारिवारिक जीवनमा राम्रो आमाबुवा वा राम्रो जीवनसाथ बन्न सक्दैनन् ।

पूर्णतावादी आमाबुवा ः

केही आमाबुवा घरमा अवास्तविक अर्थात् सेनाजस्तो कठोर अनुशासन कायम राख्न चाहन्छन् । यस्ता परिवारका केटाकेटीहरू बढी औपचारिक र असहज हुन्छन् । उनीहरूभित्र विकृत मानसिकता हुन्छ जो भविष्यमा ‘तलाक’को रूपमा देखापर्छ ।

आशक्त र तानाशाह आमाबुवा ः

केही आमाबुवा आफ्नो सन्तानलाई बढी सुखसुविधा दिन्छन् जसबाट उनीहरूमा आत्मविश्वासको कमी हुन्छ जसले भविष्यमा उनीहरूलाई मद्यपान, धूमपान, नशा र गैरजिम्मेवार बन्न सघाउँछ त्यही तानाशाह आमाबुवाले सन्तानले गर्ने हरेक क्रियाकलापको निर्णय स्वयं लिन्छन् । उनीहरूले सन्तानलाई कहिले पनि जिम्मेवार बन्न दिंदैनन् । यस्ता केटाकेटीहरू जीवनभरि डरपोक र अधिकारविहीन रहन्छन् ।

सफलताको लागि आमाबुवाका लक्षणहरू

हिजोआज आमाबुवा बन्नु चुनौतीभन्दा कम छैन । यो एउटा पूर्णकालिक प्रतिबद्धता हो । एकातिर आमाबुवाको कार्य कठिन र जिम्मेवारीपूर्ण हुन्छ भने अर्कोतिर यो आनन्ददायी र फलदायी पनि हुन्छ । आमाबुवाले अरूको नकल वा देखासिकी नगरेर आफ्नो सन्तानसँग केही सिक्ने प्रयास गर्नुपर्छ । उमेर अनुसारको चाहना र मागमाथि आमाबुवाले विशेष ध्यान दिनुपर्छ । आमाबुवाले सन्तानलाई भावनात्मक सुरक्षा, आत्मनिर्भर र आत्मविश्वासी बन्ने प्रेरणा दिनुपर्छ । सन्तानमा भएको प्रतिभा तिखार्न सहयोग गर्नुपर्छ । सन्तानलाई अनुशासनमा राख्नुपर्छ तर त्यो कठोर हुनुहुँदैन । आमाबुवाले आफ्नो सन्तानको दृष्टिकोण बुझ्नुपर्छ र उसमा जिम्मेवारी–भाव विकसित गर्नुपर्छ ।

निष्कर्ष

पारिवारिक जीवन सफल बनाउने शिक्षा दिन आमाबुवाको भूमिका महŒवपूर्ण हुन्छ । एउटा नदी आफ्नो मुहानबाट कहिले पनि माथि उठ्न सक्दैन । यस कारण केटाकेटीलाई उपदेश दिनुपूर्व स्वयं त्यस उपदेशको पालना आफैंले कति गरेको छ भन्ने कुराको मूल्याङ्कन जरूरी हुन्छ । सञ्चारको विकासले गर्दा आज घरको संरचना र कार्य प्रणालीमा धेरै परिवर्तन भइसकेको छ । धेरैजसो गृहकार्य एजेन्सीद्वारा गराइने चलन बढेको छ । यहींनिर विद्यालय, साथी र पारिवारिक शिक्षाको महŒव उजागर हुन्छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here