डिभिजन वन कार्यालयको मिलेमतोमा वन अतिक्रमण

0

प्रस, रौतहट, ४ असार/

डिभिजन वन कार्यालय, चन्द्रपुरका प्रमुखको मिलेमतोमा वन अतिक्रमण गरी निर्माण कार्य भइरहेको छ । वनका प्रमुखले उपभोक्ता समितिबाट प्राप्त हुने कमिशनको लोभमा परी वन अतिक्रमण गराइरहेको गुनासो बढेको छ ।

चन्द्रपुर नगरपालिका वडा नं ६ स्थित डाबरी पर्यटन क्षेत्र जाने जङ्गलमा ठूलो चार कोठे पक्की भवन बन्दासमेत मूक दर्शक बनेर हेर्ने डिभिजन वन कार्यालयका निमित्त प्रमुख अमरदेव यादवको मिलेमतो रहेको बुझिएको हो ।

विभिन्न सरकारी निकायबाट प्राप्त असारे बजेट सक्न वन क्षेत्रमा विकास बजेटको नाममा वनको भूभाग प्रयोग गरी अतिक्रमण भएको हुँदा त्यसतर्फ जिम्मेवार निकायले ध्यान नदिएको स्थानीयहरू बताउँछन् ।

सो स्थानमा बन्दै गरेको उक्त भवन कुनै सरकारी कार्यालयको प्रयोजनका लागि होइन, चन्द्रपुर नगरपालिकाका ओभरसियर अञ्जनकुमार साहले बताए ।

सुरुआती चरणमा जगको काम हुन लाग्दा वन कार्यालयका कर्मचारीले सो स्थानमा भवन बनाउन नमिल्ने भन्दै काम रोकेको भएपनि त्यसपश्चात् वन कार्यालयले बेवास्ता गरेको कारण   डिभिजन प्रमुखको मिलेमतोमा स्थानीय ठेकेदारबाट निर्माण कार्य भइरहेको छ । वन क्षेत्रमा अतिक्रमण गरी घर तथा टहरा बनाउनु वन ऐनविपरीत रहेको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here