राजालाई पाल्नुभन्दा राष्ट्रपतिलाई पाल्न गा¥हो –अध्यक्ष लिङ्गदेन

0

प्रस, वीरगंज, ३ असार/

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राजाभन्दा बढी राष्ट्रपति पाल्न महँगो भएको बताएका छन् ।

सो दलले आयोजना गरेको दल प्रवेश कार्यक्रममा दलका अध्यक्ष्F लिङ्गदेनले राजसंस्थामाथि अहिलेका नेताहरूले विभिन्न आरोप लगाउँदै राजालाई पाल्न धेरै खर्च भयो, राजाले लुटेर विदेशमा रकम जम्मा गरेको जस्ता अनावश्यक आरोप लगाउनेहरू अहिले कति भ्रष्टाचार गरिरहेका छन्, सबै नेपालीलाई थाहा भएको उनको भनाइ थियो । राजसंस्था अन्त्य भएको १७ वर्ष हुन थाल्यो, राजाको बेला जनताले के के दुःख पाए, अहिले के के सुख पाए खोज्ने समय आएको उनको तर्क थियो ।

अध्यक्ष लिङ्गदेनले देशको अस्तित्व खतरामा परेको बताउँदै अहिलेका राजाहरूले बलजफ्ती एमसिसी पास गरेका कारण नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको उनको आरोप थियो ।

अमेरिकाले एमसिसी पास गराएपछि अहिले एसपिपी पास भए देशमा अमेरिकी सेनाको वर्चस्व बढ्ने र नेपालको अवस्था युक्रेनको जस्तो हुने उनले ठोकुवासमेत गरे । दल प्रवेश कार्यक्रममा मुलुकलाई जोगाउनका लागि आउँदो चुनावमा राप्रपालाई अत्यधिक मत दिएर प्रत्यक्ष प्रधानमन्त्रीसहित अभिभावकको रूपमा राजसंस्थालाई स्थापना गर्न उचित समय आएको उनले बताए ।

मुलुकमा अहिले गलत व्यक्तिको वर्चस्व बढ्दै गइरहेका बेला आगामी चुनावमा सोचेर मत दिन उनले आग्रह गरे । उनले काङ्ग्रेस र एमालेले ३० वर्षदेखि मुलुकलाई चलाउँदैछन्, सबैलाई  रोजगारको लागि उद्योग खोल्नुको साटो देशका सबै उद्योग बन्द गरी लाखौं युवालाई खाडी देशमा पठाउने नेताभन्दा राजसंस्था नै ठीक रहेको बताए । राजाले अहिलेसम्म बनाएका सबै संरचनामाथि राज्य गर्ने अहिलेका राजाहरूले मात्र भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएकाले उनीहरूको सम्पत्ति खोज्न संयन्त्र बनाउन आवश्यक रहेको बताए ।

दल प्रवेश कार्यक्रममा विभिन्न दल त्याग गरी महिला तथा पुरुषहरू प्रवेश गरेका थिए ।

अञ्चल संयोजक नवराज ढकालको सभापतित्वमा शुरू भएको कार्यक्रममा मोहन यादव, जगरनाथप्रसाद कुर्मी, अङ्गद ठाकुर, सुमेश्वर तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here