शिक्षा र नैतिकता

0
  • अनन्तकुमार लाल दास

प्रत्येक राष्ट्रको सामाजिक एवं सांस्कृतिक उन्नयनमा त्यहाँको शिक्षा व्यवस्थाको महŒवपूर्ण भूमिका हुन्छ । हाम्रो देश नेपालमा पनि प्रजातन्त्र प्राप्तिपछि शिक्षाको क्षेत्रमा धेरै प्रगति भएको छ र वर्तमानमा वाणिज्य, विज्ञान, चिकित्सा आदि सङ्कायमा विभिन्न वर्गमा शिक्षाको गुणात्मक प्रचार भइरहेको छ । सूचना र प्रविधिको क्षेत्र वा कम्प्युटर शिक्षामा पनि नेपालमा विकास भइरहेको छ । तर पनि हाम्रो देशको शिक्षामा के कमी देखिएको छ भने नैतिक शिक्षामाथि जति ध्यान दिनुपर्ने हो त्यति दिएको पाइन्न । यस कारण वर्तमान सन्दर्भमा नेपाली पुस्ता संस्कारहीन र नितान्त भौतिकवादी बन्दै गएका छन् । वास्तवमा विद्यार्थी जीवन आचरणको पाठशाला हो । सभ्य, संस्कार सम्पन्न नागरिकको निर्माण विद्यार्थी जीवनमा नै हुन्छ । विद्यार्थीलाई जस्तो शिक्षा दिइन्छ उनीहरू त्यस्तै नागरिक बन्छन् । यस कुरोलाई ध्यानमा राखेर शिक्षामा नैतिक शिक्षाको समायोजन गर्न आवश्यक देखिन्छ ।  

शिक्षाको कुरा गर्दा सामान्य अर्थमा के बुझिन्छ भने शिक्षाबाट वस्तुगत ज्ञान प्राप्त हुन्छ जसको प्रयोग गरेर कुनै न कुनै जागीर हासिल गर्न सकिन्छ । यस प्रकारको शिक्षाबाट मानिसलाई समाजमा प्रतिष्ठा पनि हासिल हुन्छ । समाज र राष्ट्रका लागि यस प्रकारको ज्ञानको महŒव र आवश्यकता पनि हुन्छ किनभने शिक्षित राष्ट्र नै आफ्नो भविष्यलाई सार्थक बनाउन सक्षम हुन्छ । आज कुनै पनि राष्ट्रले विज्ञान र प्रविधिको महŒव अस्वीकार गर्न सक्दैन किनभने जीवनको हरेक पाइलामा यसको उपयोग हुने गर्दछ । वैज्ञानिक विधिको प्रयोग नेपालको सन्दर्भमा कृषि र पशुपालनमा गरेर हाम्रो देशमा पनि हरित क्रान्ति र श्वेत क्रान्ति ल्याउन सकिन्छ । यस कारण वस्तुपरक शिक्षा हरेक क्षेत्रमा उपयोगी हुन्छ तर जीवनमा पदार्थ मात्र महŒवपूर्ण हुँदैन । पदार्थको अध्ययन पनि आवश्यक छ तर राष्ट्रको भौतिक स्थितिमा सुधार ल्याउनका लागि जीवन मूल्यको उपयोग कसरी गर्ने भन्ने कला सिक्नु पनि त्यतिकै आवश्यक हुन्छ ।

हामी सबैलाई के थाहा छ भने नेपालीहरूबीच फैलिएको भ्रष्टाचारले कसरी विकासको गतिलाई मन्थर पारिदिएको छ । हामी के पनि देखिरहेका छौं भने मूल्यमा ¥हास भएकोले समाजमा थरीथरीका अपराध घटित भइरहेका छन् । हामी के पनि देख्छौं भने मूल्यविहीन समाजमा असन्तोष फैलिरहेको छ । बेरोजगार बढेकोले युवाहरूमा देखापरिरहेको असन्तोषले गर्दा कैयन प्रकारको चुनौतीसँग जुध्नुपरिरहेको छ । सानादेखि ठूलासम्म सबै भ्रष्टाचारको अँध्यारो कुवामा डुबुल्की लगाइरहेका छन् । उनीहरूलाई समाज र राष्ट्रको कुनै चिन्ता छैन । यस परिवेशमा आत्मचिन्तन अनिवार्य हुन पुग्छ ।

के हाम्रो शिक्षा प्रणाली दोषपूर्ण छ ? यदि शिक्षा व्यवस्थामा त्रुटि छ भने निश्चय नै मानिसमा दोष छ । आखिर कहीं न कहीं शीर्षासन चलिरहेको छ जसले गलतलाई सही र सहीलाई गलत भन्न सकिरहेको छैन । यदि शिक्षा प्रणालीमाथि गहरिएर दृष्टिपात गरियो भने यसमा भएका कमीकमजोरी परिलक्षित हुन्छ । नेपालको आधीभन्दा बढी शिक्षित मानिससँग कुनै लक्ष्य छैन । उनीहरू सामु गहिरो अँध्यारो छ । जसले आफ्नो जीवनको सो¥ह बहुमूल्य वर्ष शिक्षालाई दियो, जसले आफूलाई यति लामो समय कुनै कार्यप्रति समर्पित ग¥यो, ऊसँग कुनै काम नहुनु अर्थात् सो¥ह वर्षसम्म गरेको श्रमको कुनै प्रतिफल नहुनु भनेपछि, यस्तो शिक्षा व्यर्थ हो ।

केही युवा शिक्षा हासिल गरेर सफल पनि भए किनभने उनीहरूको भाग्यले साथ दियो तर बाँकीको के हुने हो जसलाई बाल्यकालमा के मात्र घोकाइयो कि पढ्छौ भने शेष जीवन सुखमय हुन्छ । राम्रो त के हुन्थ्यो भने प्राथमिकसम्म शिक्षा हासिल गरेर घैंटा बनाउन सिक्थ्यो, खेतीको ज्ञान हासिल गथ्र्यो, चिया पसल खोलेर बस्थ्यो वा यस्तो कुनै सीप हासिल गथ्र्यो जसबाट जीवन धान्न सहज हुन्थ्यो । यदि कुनै खेल नै खेल्थ्यो, नृत्य वा गीत गाउन सिक्थ्यो, कुनै यन्त्र बजाउन सिक्थ्यो भने पनि त्यसको सार्थकता हुन्थ्यो । हिजोआज यस्ता क्षेत्रहरूबाट पनि सम्मान र धन हासिल गर्न सकिन्छ । यदि पूर्णतया भौतिकवादी बनेर सोच्ने हो भने हाम्रो शिक्षाको जग नै गलत छ ।

अक्षर ज्ञान आवश्यक छ भन्ने कुरामा शङ्का छैन । सो¥ह वर्षसम्म शिक्षा हासिल गर्नु आवश्यक छ किनभने केटाकेटीहरू जीवनको हरेक क्षेत्रको कुरा बुझ्न सकून् तर क्याम्पसको डिग्री त्यतिकै मानिसलाई दिनुपर्ने हो जसले डिग्री हासिल गरेर सजिलै जागीर प्राप्त गर्न सकोस् वा स्वरोजगारी बन्न सकोस् । मात्र मेधावी विद्यार्थीहरूलाई उच्च शिक्षा दिनुपर्छ र अन्य विद्यार्थीलाई रोजगारमूलक शिक्षा दिइयो भने हाम्रो देशमा केही वर्षमैं बेरोजगारी समस्या अन्त्य हुन सक्छ । भारतीय दार्शनिक रवीन्द्रनाथ टैगोरले भारतीय शिक्षा प्रणालीको कमीकमजोरी बुझेर बेग्लै प्रकारको शिक्षाको वकालत गरेका थिए ।

यदि साँच्चीकै शिक्षा व्यवस्थामा सुधार ल्याउनु छ भने शिक्षामा नैतिक मूल्य समावेश गर्नु आवश्यक हुन्छ किनभने कुनै पनि कार्य यदि प्रस्ट नीतिबेगर गरिन्छ भने त्यो सफल हुँदैन । नीतिबाट नै नैतिक शब्द बनेको छ जसको अर्थ सोच विचार गरेर बनाइएको नियम वा सिद्धान्त हुन्छ । तर वर्तमानको शिक्षामा नैतिक मूल्य समावेश नहुनुको अर्थ त्यो दिशाहीन हुनु हो । वर्तमान शिक्षाको प्रमुख उद्देश्य शिक्षा हासिल गरेर धन आर्जन गर्नु हो चाहे त्यो धन जसरी पनि हासिल होस् । यस कारणले नै हमेशा शिक्षित वर्ग भ्रष्टाचारलाई बढाउनुमा सबैभन्दा बढी अग्रसर छन् ।

शिक्षा हासिल गर्नको लागि एउटा प्रस्ट नीति हुनुपर्छ । विद्यार्थीहरूलाई शुरू देखि नै जीवनमा के–कस्ता समस्या भोग्नुर्पछ भन्ने जानकारी दिनुपर्छ । विद्यार्थीहरूलाई के पनि थाहा हुनुपर्छ भने जिउने बाटो अनेक छन् तर त्यो बाटो छान्नु श्रेयस्कर हुन्छ जुन व्यक्ति विशेषको स्वभाव अनुकूल हुन्छ । नैतिक शिक्षामा सत्य, क्षमा, दया, इमानदारी, अहिंसाजस्ता ठूला–ठूला कुरा घोक्न लगाई केही हासिल हुँदैन यदि यस्ता कुराहरूलाई जीवनमा प्रयोग गर्ने अवसर प्रदान गरिंदैन भने । केटाकेटीहरूको मस्तिष्कमा प्रयोगात्मक कुराहरू सजिलै प्रवेश गर्छ । यदि घोकन्ते उपदेशबाट उनीहरू प्रभावित हुन्थे भने आज समाजमा बेइमानी र भ्रष्टाचारको बोलबाला हुँदैनथ्यो ।

शिक्षासँग नैतिक मूल्यलाई जोड्नुको अर्थ के पनि होइन भने केटाकेटीहरूको निरन्तर बोझ बन्दै गएको ब्यागमा अझ एउटा किताब समावेश गरिदिनु । यसले उनीहरूको जीवनमा कुनै गुणात्मक परिवर्तन ल्याउँदैन किनभने केटाकेटीहरूको बुझाइमा यो पनि एउटा विषय हो र यसमा पनि राम्रो अङ्क हासिल गर्नुपर्छ भन्ने ठम्याइ पर्न जान्छ । यसबाहेक त्यस विषयको बेग्लै केही अर्थ उनीहरूको लागि हुँदैन । यसको साटो यदि उनीहरूलाई एउटा राम्रो वातावरणमा विद्यालय परिसरलाई जीवनको प्रयोगशाला बनाएर शिक्षालाई कुनै उद्देश्यसँग जोडिदिने हो भने उनीहरूको लागि बढी हितकर हुन्छ ।

खेल–खेलमा शिक्षा र ज्ञानलाई मनोरञ्जक बनाएर शिक्षा दिइन्छ भने केटाकेटीहरूमाथि बढी प्रभावकारी हुन्छ । साथै यदि विद्यालय तहदेखि नै प्रत्येक विद्यार्थीभित्र लुकेको क्षमता पहिचान गरेर त्यसलाई एउटा निश्चित दिशा प्रदान गरियो भने निश्चितरूपमा शिक्षा हासिल गर्ने उद्देश्य सफल हुन्छ । वर्तमान समयमा हाम्रो नैतिक मूल्यमा पनि परिवर्तन भइरहेको छ किनभने शहरीकरण, आधुनिक सभ्यता, वैज्ञानिक दृष्टिकोण आदिका कारण नयाँ पुस्ता पुरातनपन्थी विचारधारासँग टाँसिएर बस्न चाहँदैन ।

यसर्थ शिक्षामा यस्ता नैतिक मूल्य जोड्ने असफल प्रयास गर्नुहुँदैन जुन वर्तमान युग अनुकूल छैन । यसमा धार्मिक कट्टरता, कुनै धर्म विशेषप्रति आग्रहको भाव हुनुहुँदैन किनभने यसबाट शिक्षा आफ्नो उद्देश्यबाट विचलित हुन थाल्छ । सदाचारको त्यस्ता कुराहरू जो सबै धर्म वा सबै समुदायलाई मान्य छ, शिक्षामा समावेश गरेर हामी एउटा नयाँ प्रगतिशील समाजको निर्माण गर्न सक्छौं ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here