मलाई आफ्नै पार्टीका केही नेताले हराए– नीतेन्द्र

0

प्रस, वीरगंज, ६ जेठ/

बहुदरमाई नगरपालिका निर्वतमान प्रमुख नीतेन्द्रसाह तेलीले शुक्रवार पत्रकार सम्मेलन गरेर नेपाली काङ्ग्रेसका केही नेताहरूको कारण आफूले पराजय भोग्नुपरेको दुःखेसो पोखेका छन् ।

नेपाल पत्रकार महासङघ, पर्सा शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा साहले आफ्नै दलका नेता, प्रदेशसभा सदस्य राजेश्वरसाह तेलीलगायतले असहयोग गरेको कारण आफूले पराजय भोग्नुपरेको आरोप लगाए । 

उनले आफ्नो जीत निश्चित भएको तर प्रदेशसभा सदस्य तेलीले आफ्ना भाइ प्रमोद साहलाई स्वतन्त्र उम्मेदवार बनाएको र उनले आफ्नो भोट काटेको आरोप लगाए ।

उनले गत स्थानीय निर्वाचनमा पनि पार्टीका केही नेताहरूको असहयोगको बावजूद आफूले जितेको र यसपटक पनि जीत निश्चित हुँदाहुँदै पराजय भोग्नुपरेको बताए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here