सिम्रौनगढ नपामा लोसपा विजयी

0

प्रस, सिम्रौनगढ, ६ जेठ/

सिम्रौनगढ नगरपालिका प्रमुखमा लोसपाका किशोेरीप्रसाद कलवार विजयी भएका छन् । उनले ११ हजार १३७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख नेपाली काङ्ग्रेसका विजयशङ्कर यादवले ९ हजार ३११ मत ल्याए ।

उपप्रमुखमा लोसपाकै नजमु शेहर ९ हजार ८४३ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकाकी रिता कुशवाहाले ८ हजार ४६३ मत ल्याइन् ।

सिम्रौनगढ नगरपालिकाको ११ वटा वडामा काङ्ग्रेस ८, लोसपा २ र नेकपा एकीकृत समाजवादी पार्टी १ सिटमा विजयी भएका छन् ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here