कोल्हवी नगरपालिकामा काङ्ग्रेस विजयी

0

प्रस, बारा, ६ जेठ/

बाराको कोल्हवी नगरपालिकाको प्रमुख/उपप्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

नगरप्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका हुन् । चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० बढी मतान्तरले हराए । चौधरीले नौ हजार १०५ तथा भण्डारीले आठ हजार ३०७ मत ल्याएका थिए ।

यसैगरी उपप्रमुखमा एमालेकी सुनैना थरूनीलाई ६०० बढी मतले पराजित गर्दै काङ्ग्रेसकी लक्ष्मीकुमारी चौधरीले जीत हासिल गरिन् । लक्ष्मीले नौ हजार ८८ तथा सुनैनाले आठ हजार ४८३ मत प्राप्त गरेका छन् । विसं २०७४ मा कोल्हवी नगर प्रमुखमा एमालेका भण्डारी र एमालेकै थरूनी निर्वाचित भएका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here